default_image

2 years ago

July 1, 2022

बालोन डि’ओर – कुन क्लबमा धेरै विजेता ?

एजेन्सी – फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर फुटबल जगतकै सर्वाधिक प्रतिष्ठित अवार्ड हो । सन् १९५६ देखि सुरु भएको यो अवार्ड पहिलोपटक इंग्लिस खेलाडी स्टेनली म्याथ्युजले जितेका थिए । निरन्तर प्रदान भइरहेको यो अवार्ड सन् २०२० मा भने हुन सकेन । आयोजकले कोभिड १९ को महामारीका कारण अवार्डलाई रद्ध गरेका थिए । २०१० […]

178 views

0 Bookmark

एजेन्सी – फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर फुटबल जगतकै सर्वाधिक प्रतिष्ठित अवार्ड हो । सन् १९५६ देखि सुरु भएको यो अवार्ड पहिलोपटक इंग्लिस खेलाडी स्टेनली म्याथ्युजले जितेका थिए ।

निरन्तर प्रदान भइरहेको यो अवार्ड सन् २०२० मा भने हुन सकेन । आयोजकले कोभिड १९ को महामारीका कारण अवार्डलाई रद्ध गरेका थिए ।

२०१० देखि २०१५ को बीचमा फ्रान्स फुटबलले फिफासँग बालोन डि’ओरलाई १९९१ मा सुरु भएको फिफा वल्ड प्लेयर अफ दि इअर अवार्डसँग गाभेर आयोजना गरेको थियो । सन् २०१० देखि १६ सम्म यो अवार्डको नाम फिफा बालोन डी’ओरमा परिवर्तन भएको थियो ।

यो बालोन डि’ओरको ६५ वर्षको इतिहासमा कुन क्लब र कुन खेलाडीले यो अवार्ड जिते त ? यहाँ हेरौं ।

खेलाडीको हकमा हालसम्म अर्जेन्टिनी सुपर स्टार लियोनेल मेस्सीले सर्वाधिक सात पटक यो अवार्ड जितिसकेका छन् । उनका निकटतम प्रतिद्वन्दी पोर्चुगिज क्रिष्टियानो रोनाल्डोले पाँच पटक यो अवार्ड जितेका छन् ।

क्लबमा स्पेनिस क्लब रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाबीच तीव्र प्रतिस्पर्धा छ । हालसम्म रियलका ७ खेलाडीले ११ पटक यो अवार्ड जितिसकेका छन् ।

बार्सिलोनाका ६ खेलाडीले १२ पटक बालन डी’ओर जितेका छन् । मेस्सीले मात्रै बार्सिलोनाका खेलाडीको रुपमा ६ पटक यो अवार्ड जितेका छन् । अवार्ड संख्यामा बार्सिलोना र खेलाडी संख्यामा रियल अघि रहेको छ ।

सर्वाधिक बालोन डी’ओर जिताउने क्लब

रियल म्याड्रिड (खेलाडी ७, अवार्ड ११)
अल्फ्रेडो डी स्टेफानो (१९५७, १९५९), रेमोन्ड कोपा (१९५८), लुइस फिगो (२०००), रोनाल्डो (२००२), फ्याबियो क्यानभारो (२००६), क्रिस्टियानो रोनाल्डो (२००८, १३, १४, १६, १७), लुका मोड्रिच (२०१८) ।

बार्सिलोना (खेलाडी ६, अवार्ड १२)
लुइस सुआररेज (१९६०), योहान क्रुफ (१९७३, ७४) रिस्तो स्टोइच्कोभ (१९९४), रिभाल्डो (१९९९), रोनाल्डिन्हो (२००५), लियोनेल मेस्सी (२००९, १०, ११, १२, १५ र १९) ।

युभेन्टस (खेलाडी ६, अवार्ड ८)
ओमार सिभोरी (१९६१), पाउलो रोसी (१९८२), माइकल प्लाटिनी (१९८३, ८४, ८५) रोबर्टो बाजियो (१९९३), जिनेदिन जिदान (१९९८), पाभेल नेद्भेद (२००३) ।

एसी मिलान (खेलाडी ६, अवार्ड ८)
जियानी रिभेरा (१९६९), रुड गुलिट (१९८७), मार्को भान बस्टेन (१९८८, ८९ र ९२), जर्ज वेहा (१९९५), एन्ड्री सेभ्चेन्को (२००४), काका (२००७) ।

म्याचेस्टर युनाइटेड (खेलाडी ४, अवार्ड ४)
डेनिस ल (१९६४), बब्बी चार्लटन (१९६६), जर्ज बेस्ट (१९६८), क्रिस्टियानो रोनाल्डो (२००८) ।

बायर्न म्युनिख (खेलाडी ३, अवार्ड ५)
गर्ड मुलर (१९७०), फ्रान्ज बेकेन्ब (१९७२ र ७६), कार्ल–हेन्ज रुमेनिग्गे (१९८० र ८१) ।

इन्टर मिलान (खेलाडी २, अवार्ड २)
लोथामा म्याथ्युज (१९९०) र रोनाल्डो (१९९७) ।

डाइनामो किएभ (खेलाडी २, अवार्ड २)
ओले ब्लोखिन (१९७५) र इगोर बेलानोभ (१९८६) ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.