default_image

2 years ago

July 4, 2022

अफ्रिका कप अफ नेसन्स १ वर्षपछि सर्‍यो

176 views

0 Bookmark

एजेन्सी – अर्काे वर्ष (२०२३) मा आइभोरी कोस्टमा हुने भनिएको अफ्रिका कप अफ नेसन्स १ वर्ष पछि सरेको छ । मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन्स १ वर्षपछि सारिएको अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ) ले जनाएको छ ।

अब अफ्रिका कप अफ नेसन्स सन् २०२४ मै आइभोरी कोस्टमा हुनेछ । यसअघि अफ्रिका कप अफ नेसन्स सन् २०२३ को जुन–जुलाईमा आयोजना हुने तय भएको थियो ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (क्याफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले जुन–जुलाईमा आइभोरी कोस्टमा अत्याधिक वर्षा हुने भएका कारण जोखिम नमोल्ने बताएका छन् । अब अफ्रिका कप अफ नेसन्स जनवरी–फेब्रुअरीमा हुनेछ ।

यसको अर्थ गत यसै वर्ष क्यामरुनमा भएको प्रतियोगितापछि लगातार दोस्रोपटक अफ्रिका कप अफ नेसन्स जनवरी–फेब्रुअरीमा हुनेछ । यो वर्ष इजिप्टलाई हराउँदै सेनेगल च्याम्पियन बनेको थियो । यस वर्ष विश्वकप फुटबल पनि नोभेम्वर डिसेम्वरमा हुँदैछ ।

काफले २०१७ मा युरोपियन क्लबहरु र खेलाडीका कारण जनवरी–फेब्रुअरीमा हुँदै आएको अफ्रिका कप अफ नेसन्स जुन जुलाईमा सार्ने निर्णय गरेको थियो । ‘युरोपियन क्लबहरूको कारण जनवरी हाम्रो लागि उपयुक्त समय होइन । तर यो हामीसँग एक मात्र विकल्प हो ।’ मोत्सेपेले थपे ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.