3 years ago
July 5, 2022
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले क्लबमा रहेका आफ्ना खेलाडीहरुको सम्झौता नविकरणलाई निरन्तरता दिइरहेका छन् । यसै क्रममा रियलले ब्राजिली सेन्टर ब्याक एडर मिलिसाओको सम्झौता नविकरण गरेको छ ।
रियलले मिलिसाओको रिलिज क्लज १ हजार मिलियन युरो राख्दै २०२८ सम्मको सम्झौता नविकरण गरेका हुन् । रियलले यसअघि भेट्रान मिडफिल्डर लुका मोड्रिच, भिनिसियस जुनियर र रोड्रिगोको सम्झौता नविकरण गरिसकेको छ । मिलिसाओ २०१९ को विन्टरमा पोर्चुगिज क्लब पोर्टाेबाट रियल जाने पक्का भएको थियो ।
रियलले समर ट्रान्सफरमा ५० मिलियन युरोमा ६ वर्षको लागि अनुबन्ध गरेको थियो । पोर्टाे बसाईको एक सिजनमै उनी रियलको नजरमा परेका हुन् । रियलमा तीन सिजन बिताउँदा २४ वर्षीय मिलिसाओले ९१ खेलमा ४ गोल गरेका छन् ।
तत्कालिन कप्तान सर्जियो रामोस र राफायल भरान रहँदा उनले रियलमा सुरुवाती सिजनमा विरलै अवसर पाए । २०२०–२१ को सिजनमा रामोस र भरान घाइते भएको अवस्थामा मौका पाएका मिलिसाओले त्यसयता लगातार पहिलो रोजाईमा मौका पाइरहेका छन् । उनी रियलको प्रमुख खेलाडीको रुपमा स्थापित भइसकेका छन् ।
रियलले यि चार खेलाडीसँगै करिम बेन्जेमा, एन्ड्री लुनिन, फेडे भाल्भेर्डे र गोलरक्षक थिवाउट कोर्टुवाको पनि सम्झौता नविकरण गर्ने तयारी गरिरहेको छ । २०१८ देखि ब्राजिलको टोलीमा रहेका मिलिसाओले २२ क्याप जित्दा एक अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]