default_image

2 years ago

July 5, 2022

डेनिस मिडफिल्डर एरिक्सन म्यानचेस्टर जाने पक्का

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुने पक्का भएको छ । प्रिमियर लिग क्लब बेन्टफर्डसँगको सम्झौता सकिएपछि उनलाई युनाइटेडले ३ वर्षको लागि सम्झौता गर्न गरेको प्रस्तावलाई मौखिक सहमति जनाएका छन् । यसबारे क्लब र एरिक्सनले यसै साता आधिकारिक धारणा सार्वजनिक गर्नेछन् । ब्रेन्टफर्डमा ३० वर्षीय एरिक्सनको सम्झौता यो […]

70 views

0 Bookmark

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुने पक्का भएको छ ।

प्रिमियर लिग क्लब बेन्टफर्डसँगको सम्झौता सकिएपछि उनलाई युनाइटेडले ३ वर्षको लागि सम्झौता गर्न गरेको प्रस्तावलाई मौखिक सहमति जनाएका छन् । यसबारे क्लब र एरिक्सनले यसै साता आधिकारिक धारणा सार्वजनिक गर्नेछन् ।

ब्रेन्टफर्डमा ३० वर्षीय एरिक्सनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिएपछि उनी फ्रि एजेन्ट बनेका थिए । उनी मेडिकलका लागि ओल्ड ट्राफोर्ड पुगिसकेका छन् । युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले यस समरमा सम्झौता गर्ने उनी दोस्रो खेलाडी बन्नेछन् ।

एरिक्सनलाई अनुबन्ध गर्न उनको पूर्व क्लब टोटेनहम हटस्परले पनि चासो देखाएपनि उनी युनाइटेड जाने पक्का भएका हुन् ।सन् २०१३ देखि ७ वर्षसम्म लगातार टोटेनहमबाट खेलेका उनी ६ महिनाको सम्झौता बाँकी छँदै उनी २०२० मा इटालियन क्लब इन्टर मिलानमा झन्डै ५ वर्षको सम्झौता गरेका थिए ।

इन्टरले उनलाई २०२१ मा बेच्ने सुचीमा राखेको थियो । सोही वर्ष भएको युरो २०२० दौरान हृदयघातका कारण क्लबले उनलाई खेल्न नसक्ने सुचीमा राखेको थियो । हृदयघातका कारण मैदानमै ढलेका एरिक्सनको मुटुको शल्यक्रियाको ६ महिनापछि सामान्य अभ्यासमा फर्किएका थिए ।

ब्रेन्टफर्डबाट उनले ११ खेलमा १ गोल गरेका छन् । इन्टर मिलानबाट दुई सिजनमा उनले ६० खेलमा ८ गोल गरेका थिए । टोटेनहममा ७ सिजन रहँदा एरिक्सनले ३०५ खेलमा ६९ गोल गरेका छन् ।

हृदयघातको झण्डै २ वर्षपछि एरिक्सनले अन्तर्राष्ट्रिय फुटबलमा पनि पुनरागमन पनि गरिसकेका छन् । एरिक्सनले गत मार्चमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए । २०१० देखि डेनिस टिममा रहेका एरिक्सनले ११५ क्याप जित्दा ३८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.