default_image

2 years ago

July 5, 2022

गाल्टिएर पिएसजीको मुख्य प्रशिक्षक नियुक्त

83 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेलगत्तै पिएसजीले गाल्टिएरलाई २ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

उनी २०२४ को सिजनको अन्त्यसम्म पार्क डेस प्रिन्सेसमा रहनेछन् । ५५ वर्षीय फ्रान्सेली पुर्व डिफेन्डर गाल्टिएर गत सिजन नै निसको प्रशिक्षक बनेका थिए । लिग वानमा पाँचौं र फ्रेन्च कपमा उपविजेता बनेपछि उनले गत महिना निस छाडेको घोषणा गरेका थिए ।

त्यसपछि उनलाई पिएसजीको प्रशिक्षक बन्ने ढोका खुलेको थियो । २०२१ मा लिललाई लिग वानको उपाधि दिलाएका गाल्टिएर सन् २०११ पछि पिएसजीको सातौं प्रशिक्षक बनेका छन् ।

‘म पेरिस सेन्टजर्मेनमा सामेल हुन पाउँदा खुसी छु, म अध्यक्ष नासेर अल–खेलाफी, फुटबल सल्लाहकार लुइस क्याम्पोस र क्लबलाई मेरो विश्वासको लागि धन्यवाद दिन चाहन्छु ।’ उनले भने, ‘पिएसजी युरोपको सबैभन्दा प्रतिस्पर्धी र शानदार टोली हो । म यो असाधारण टोलीलाई प्रशिक्षण गर्ने जिम्मेवारीहरूबारे पूर्ण रूपमा सचेत छु ।’

यो एक दशकमा पिएसजीलाई लिग वानको उपाधिबाट रोक्ने दुई प्रशिक्षकमध्ये गाल्टिएर एक हुन् । सन् २०१६–१७ मा लियोनार्दाे जार्डिमले मोनाकोलाई तथा २०२०–२१ म गाल्टिएरले लिलको लागि पिएसजीबाट लिग वानको उपाधि खोसेको थियो ।
उनले निसमा १२ महिना बिताउनुअघि मे २०२१ मा लिललाई अप्रत्याशित लिग वानको उपाधि दिलाएर राजीनामा दिएका थिए । उनले लिलअघि सेन्ट–इटिएनको पनि प्रशिक्षक रहेका थिए ।

पिएसजीमा पोचेटिनोको सम्झौता अझै १ वर्ष अर्थात २०२३ को जुनसम्म रहेपनि उनी बर्खास्तीमा परेको हो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिनु पोचेटिनो बर्खास्तीको कारक बनेको छ । पिएसजीले आफ्ना फरवार्ड केलियन एमबाप्पेको सम्झौता नविकरण गरेपछि प्रशिक्षक परिवर्तनको चर्चा चल्दा उनी नयाँ सिजनको लागि प्रि–सिजन अघि बर्खास्तीमा परेका हुन् ।

पीएसजीले आफ्नो सामाजिक सञ्जाल च्यानलमा आधिकारिक विज्ञप्ति जारी गर्दै पोचेटिनो बाहिरिएको पुष्टि गरेको छ । ‘पेरिस सेन्ट जर्मेनले पुष्टि गरेको छ कि मौरिसियो पोचेटिनोले क्लबमा आफ्नो भूमिका समाप्त गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘क्लबले मौरिसियो पोचेटिनो र उनका कर्मचारीहरूलाई उनीहरूको कामको लागि धन्यवाद दिन चाहन्छ र भविष्यको लागि शुभकामना दिएको छ ।’

पोचेटिनोले पिएसजीलाई फ्रेन्च लिग वानसँगै कप दि फ्रान्स र ट्रफी डेस च्याम्पियन जिताएका छन् । तर, खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको पिएसजीसँग युवा स्टार केलियन एमबाप्पे र ब्राजिली नेयमारसँगै अर्जेन्टिनी लियोनेल मेस्सीको साथ रहपनि टोली प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

पोचेटिनोको नेतृत्वमा पिएसजीले ९५ खेल खेलेको छ । जसमा ५५ जित, १५ बराबरी र १४ हारको नतिजा छ । पिएसजीले नयाँ प्रशिक्षकका रुपमा स्टोफे गाल्टिएरलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.