default_image

2 years ago

July 7, 2022

‘चेल्सी रोनाल्डो चाहन्छ’

204 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका नयाँ मालिक टोड बोहलीले म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अनुबन्ध गर्न चाहेको बताएका छन् ।

रोनाल्डोले ओल्ड ट्राफोर्ड छाड्ने चर्चा चलिरहँदा उनलाई अनुबन्ध गर्न रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, बायर्न म्युनिख र स्पोर्टिङ लिस्वनले पनि योजना बनाइरहेको समाचारहरु बाहिरिएको थियो । रियल र बायर्नले रोनाल्डो अनुबन्ध गर्न नसक्ने स्पष्ट पारिसक्दा उनलाई अनुबन्ध गर्ने दौडमा चेल्सी सबैभन्दा अगाडि देखिएको छ ।

चेल्सी रोनाल्डो अनुबन्ध गर्नमा सबैभन्दा गम्भीर छ । नयाँ मालिक बोहलीको लागि रोनाल्डो नै सबैभन्दा ठुलो हस्ताक्षर बन्न सक्छ । रोनाल्डोले पनि आगामी सिजन युरोपको क्लब फुटबलको सबैभन्दा ठुला लिग युइएफए च्याम्पियन्स लिग खेल्ने योजना रहेको बताएका छन् ।

चेल्सी च्याम्पियन्स लिगमा बलियो उपस्थिति जनाउन र रोनाल्डो च्याम्पियन्स लिग खेल्न चाहनामा रहँदा दुवै पक्षबीच सहमति हुने सक्ने सम्भावना छ ।

बोहलीले आफ्नो टोलीमा स्टार खेलाडी अनुबन्ध गर्ने योजनाा छन् । यसमा रोनाल्डो सबैभन्दा ठुलो नाम हुन सक्नेछ । चेल्सीले म्याथ्थिज डि लेग्टसँगै रहिम स्टर्लिङ र राफिन्हालाई पनि टोलीमा अनुबन्ध गर्ने तयारी गरिरहेको छ । रहिमले चेल्सीसँग मौखिक सहमति जनाइसकेको छ ।तर, चेल्सीलाई अग्रपङ्तिमा नेतृत्व गर्न रोनाल्डो नै सक्षम हुने देखिएको छ ।

रोनाल्डो अनुबन्ध गर्न चेल्सी उत्सुक छ, तर युनाइटेड प्रिमियर लिग प्रतिद्धन्द्धी टोलीलाई आफ्नो फरवार्डलाई बेच्न चाहेको छैन । रोनाल्डो अझै प्रि–सिजनको अभ्यास सत्रमा सामेल भएका छैनन् । नयाँ प्रशिक्षक एरिक टेन ह्यागले तीन दिनअघिबाट टोलीको प्रशिक्षण शुरु गरिसकेको छ ।

चेल्सीले रोनाल्डो अनुबन्ध गर्न टिमो वेर्नरलाई युभेन्ट्स पठाउन सक्नेबारे पनि तयारी गरिरहेको छ । यसो हुन सके चेल्सीले म्याथ्थिज डि लेग्टलाई पनि क्लबमा भित्र्याउन सक्नेछ ।

रोनाल्डो ओल्ड ट्राफोर्ड छोड्दै च्याम्पियन्स लिग खेल्न चाहन्छन् । यसका लागि रोनाल्डो प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडीको हैसियत त्याग्न पनि तयार छन् । इटालियन क्लब युभेन्ट्समा पनि रोनाल्डोले यस्तै स्थितिबाट क्लब छाडेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.