default_image

2 years ago

July 9, 2022

डि मारिया युभेन्ट्समा अनुबन्धित

144 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । मिडफिल्डर डि मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका छन् ।

३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै ७ वर्षपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट इंग्ल्यान्डको कीर्तिमानी मुल्य ५९.७ मिलियन पाउन्डमा म्यानचेस्टर युनाईटेड आएका डि मारिया त्यसको एक सिजनपछि ४४.३ मिलियन पाउन्डमा पिएसजी पुगेका थिए ।

पिएसजीमा ७ सिजन बिताएका उनले २ सय ९४ खेलमा ९१ गोलसँगै १ सय ११ असिस्ट दिएका छन् । पीएसजीका लागि उनले १८ उपाधि जितेका छन् । जसमा पाँच फ्रेन्च लिग वानको उपाधि रहेको छ ।

२०१५ मा म्यानचेस्टर युनाइटेड जानुअघि डि मारियाले स्पेनिस क्लब रियल म्याड्रिडमा चार सिजन बिताउँदा १९४ खेलमा ३७ गोल गरेका थिए । २००८ देखि अर्जेन्टिनाको टोलीमा रहेका डि मारियाले १२२ क्याप जित्दा २५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यस्तै फ्रान्सेली मिडफिल्डर पउल पोग्वा पनि युभेन्ट्समा अनुबन्ध हुन टुरिन पुगिसकेका छन् । २९ वर्षीय पोग्वा पनि म्यानचेस्टर युनाइटेडबाट फ्रि एजेन्टमा युभेन्ट्समा आबद्ध हुन लागेका हुन् । उनी ६ वर्षपछि युभेन्ट्स फर्कन लागेका हुन् । ६ वर्षअघि युनाइटेडले पोग्वालाई त्यतिबेलाको विश्व कीर्तिमानी ८९ मिलिपयन पाउन्ड खर्चिएको थियो ।

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.