default_image

2 years ago

July 9, 2022

आर्सनलका पुर्व मिडफिल्डरद्धारा सन्यासको घोषणा

66 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनल र वेस्ट ह्याम युनाइटेडका पुर्व इंग्लिस मिडफिल्डर ज्याक विल्सेरले ३० वर्षको उमेरमा नै फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

विल्सेरले विज्ञप्ति जारी गर्दै फुटबलबा सन्यासको घोषणा गरेका हुन् । १६ वर्षको उमेरमा आर्सनलको सिनियर टोलीमा डेब्यु गरेका विल्सेरले क्लबका लागि १९७ खेलमा १४ गोल गरेका छन् । उनले आर्सनलबाट दुईपटक एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।

‘यति धेरै अविश्वसनीय पलहरूले यात्रा भरिएको छ, मैले मेरो करियरमा सबै अनुभव गर्न पाए । म सौभाग्य महसुस गर्छु ।’ सन्यासको घोषणा गर्दै ज्याले भने, ‘बच्चादेखि बल हान्न जाने । आर्सनलको कप्तान बने । मैले विश्वकप पनि खेल्न पाए । मैले मेरो करिअरको हरेक क्षणको आनन्द उठाएको छु र यो जीवनभरको यात्रा हो ।’ अहिले यो अध्याय बन्द गर्ने सही समय हो, तर मैले अझै पनि खेल्न सक्थे । भविष्यमा के हुन्छ भनेर उत्साहिच छु ।’ ज्याकले थपे ।

आर्सनलपछि इंग्ल्यान्डका लागि ३४ क्याप ज्याकले वेस्टह्याम, बोल्टन, बर्नमाउथ र डेनिस क्लब एजिएफमा पनि व्यवसायिक खेल खेले । २०२१–२२ मा उनी एजिएफमा अनुबन्ध भएका थिए । उनले एजिएफमा १४ खेल खेले । २०२०–२१ मा चोटसँग जुधिरहेका उनी क्लबविहीन बन्दा अन्त्यमा च्याम्पियनसिप क्लब बर्नमाउथ पुगेका थिए ।

१६ वर्ष २५६ दिनको उमेरमा विल्सेरले सेप्टेम्वर २००८ मा ब्लयाकबर्नविरुद्ध मैदान उत्रदा उनी लिगमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । ज्याकले २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.