default_image

2 years ago

July 10, 2022

एनआरटी ९–० ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा लगातार हारको श्रृंखला जारी राख्दा आइतबार अर्काे फराकिलो हार बेहोरेको छ । नेपाल थाईल्यान्डको शीर्ष डिभिजनको चोनवुरी एफसीसँग ९–० को भारी अन्तरले पराजित भएको हो । बलियो चोनबुरीविरुद्ध एनआरटी कुनैपनि समयमा खुलेर खेल्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । […]

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा लगातार हारको श्रृंखला जारी राख्दा आइतबार अर्काे फराकिलो हार बेहोरेको छ ।

नेपाल थाईल्यान्डको शीर्ष डिभिजनको चोनवुरी एफसीसँग ९–० को भारी अन्तरले पराजित भएको हो । बलियो चोनबुरीविरुद्ध एनआरटी कुनैपनि समयमा खुलेर खेल्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।

मलेसिया र थाइल्यान्ड भ्रमणमा एनआरटीको यो लगातार चौथो हार हो । यसअघि एनआरटीले थाइल्यान्डमै भएको थाइल्यान्डको तेस्रो डिभिजनको कासिम बन्डित युनिभर्सिटी एफसीसँग ५–२ को भारी अन्तरले पराजित भएको थियो । उक्त खेलमा एनआरटीका सन्जोक राई र स्टेफन विनोङ समिरले गोल गरेका थिए ।

यसअघि एनआरटीले मलेसियामा भएको टुवान याङ टेरुतमा (टीवाईटी) कपमा दुवै खेलमा हार बेहोरेको थियो । इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ ले तथा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भएको थियो ।

एनआरटीले मलेसिया र थाइल्यान्ड भ्रमणमा चार खेल खेल्दा २४ गोल बेहोरेको छ । भने तीन गोल गर्न सफल भएको छ ।
अब एनआरटीले १३ जुलाईमा थोनबुरी एफसीसँग खेल्ने तालिका छ । त्यसपछि टोली स्वदेश फर्कनेछ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.