default_image

2 years ago

July 11, 2022

पोग्वा युभेन्ट्समा अनुबन्धित

84 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएसँगै फ्रान्सेली मिडफिल्डर पउल पोग्बा फ्रि ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् ।

२९ वर्षीय पोग्वाले युभेन्ट्ससँग ४ वर्षको सम्झौता गरेका हुन् । पोग्वा सन् २०१६ अर्थात ७ वर्षपछि युभेन्ट्स फर्किएका हुन् । पोग्बा २०१६ मा युभेन्ट्सबाट ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा युनाइटेड पुगेका थिए ।

मेडिकललगायत कागजी प्रक्रिया पूरा गरेपछि युभेन्ट्सले सोमबार पोग्वालाई टुरिनमा सार्वजनिक गरेको छ । चोटका कारण आफ्नो फर्ममा नभएपछि पोग्वाले गत अप्रिलदेखि युनाइटेडका लागि खेलेका थिएनन् ।

पोग्वालाई पुनः अनुबन्ध गरेपछि युभेन्ट्सले विज्ञप्ति जारी गर्दै ‘जब हामीसँगै सहकार्य गरेका खेलाडीलाई बिदाई गर्छाैं, त्यहाँ सँधै आशाको किरण हुनेछ किनकि ढिलो चाँडो हामी एक अर्कालाई भेट्नेछौं । उनले वयस्क उमेरमा छाँडे, एक परिपक्व व्यक्ति र च्याम्पियनको रुपमा फर्किए । तर, त्यहाँ एउटा कुरा परिवर्तन भएको छैन । क्लबको इतिहासमा उनले केही न केही अवश्य लेखाउनेछन् ।’

सन् २००९ मा १६ वर्षको उमेरमा ले हाभ्रेबाट युनाइटेडको एकेडेमीका सामेल भएका पोग्वाले क्लबमा आफ्नो पहिलो सिजनमा इएफएल कप र युरोपा लिग जिताएका थिए ।

युनाइटेड र पोग्बाबीच नयाँ सम्झौतामा सहमत हुन असफल भएपछि क्लबले जुनको सुरुमै पोग्वाले क्लब छाड्ने पुष्टि गरेको थियो । युभेन्ट्समा आबद्ध भएसँगै पोग्बाले अमेरिका भ्रमणअघि नै टोलीसँग प्रशिक्षणमा सामेल हुनेछन् । अमेरिका भ्रमणमा युभेन्ट्सले २७ र ३० जुलाईमा बार्सिलोना र रियल म्याड्रिडसँग खेल्ने तालिका छन् ।

युभेन्ट्स लगातार दोस्रो सिजन च्याम्पियन एसी मिलानभन्दा १६ अंकले पछि रहँदै यो सिजन सिरी ए मा चौथो स्थानमा रह्यो । त्यस सिजनभन्दा अघि युभेन्ट्स इन्टर मिलानसँग पछि परेको थियो । त्यसअघि युभेन्ट्स लगातार ९ सिजन च्याम्पियन बनेको थियो ।

पोग्बाले २०१२–१३ को सिजनदेखि २०१५–१६ को सिजनसम्म युभेन्ट्सले सिरी एको उपाधि जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए । उनले आफ्नो अघिल्लो स्पेलमा १७८ खेलमा ३४ गोल गरेका थिए । पोग्वा २०१२ मा युनाइटेडको एकेडेमीबाट निशुल्क नै समावेश भएका थिए ।

तत्कालीन प्रबन्धक जोसे मोरिन्होसँगको असहमतिपछि उनले युनाइटेडको उपकप्तान पद गुमाउन पुगेको थियो । चोटका कारण पनि उनी केही समय मैदान बाहिर रहे ।

फ्रान्सले २०१८ मा रूसमा भएको विश्वकप जित्दा टोलीका सदस्य थिए । २०१८–१९ मा युनाइटेडका लागि १६ गोल गरेका उनले त्यसपछि आफ्नो लयलाई निरन्तरता दिन सकेका छैनन् । पछिल्लो तीन सिजनमा उनले ९१ खेलमा ८ गोल गरेका छन् । पोग्बाले क्लबमा आफ्ना दुई स्पेलमा २३३ खेलमा ३९ गोल गरेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.