3 years ago
July 12, 2022
एजेन्सी – ग्यारेथ बेल र अमेरिकी क्लब एलएएफसी बीच सम्झौता भइसकेको छ । स्पेनिस क्लब रियल म्याड्रिडमा सफल खेल जीवन बिताएका बेल यसै महिना अमेरिकाको लस एन्जेलस पुगेका हुन् ।
३२ वर्षे बेल अमेरिका पुगेर सोमबार पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए । एलएएफसीले बेललाई पत्रकार सम्मेलनमा प्रस्तुत गर्ने क्रममा उनको आगमन क्लबको छोटो इतिहासको सर्वाधिक उत्साहजनक क्षणका रुपमा रहेको जनाएको थियो ।
‘मैले यहाँ आउँदा गौरव अनुभुती गरिरहेको छु,’ बेलले भने, ‘म यहाँ आउँदा उत्साहित छु । यहाँको अनुभव राम्रो रहन्छ र भविष्यका लागि आशावादी छु ।’
बेलले एलएएफसी अब अर्को स्तरमा जान सक्ने विश्वास पनि व्यक्त गरे । उनले भने ,’क्लबले महत्त्वपूर्ण योजना लिएको छ । क्लबका प्रतिनिधिसँगको छलफल मेरो भूमिकाका बारेमा प्रष्ट पारिएको छ, यो सम्भावना भएको क्लब हो । यहाँ समर्थकहरुका लागि उत्साहजनक माहोल तयार भइरहेको छ ।’
बेलले क्लबको महत्त्वपूर्ण हिस्सा हुन सक्ने उल्लेख गर्दै भने, ‘क्लबलाई अर्को स्तरमा लानका लागि म आफ्नो तर्फबाट प्रयत्न गर्नेछु ।’
मेजर लिग सकर र एलएएफसीको प्रशंसा गर्दै उनले सुधारको सम्भावना रहेको बताए । ‘म लामो समयदेखि एमएलएस हेरिरहेको छु । समयका कारण खेल हेर्न केहि कठिनाई त छ । तर पनि सम्भव भएसम्म मैले टेलिभिजनमा एमएलएस हेर्ने गरेको छु,’ उनले थपे, ‘यहाँको स्तरमा सुधार भइरहेको छ । यहाँको रंगशाला, टोलीहरुमा पनि सुधार भइरहेको छ । यहाँको लिगले उचाइ लिइरहेको छ ।’
बेलसँग लामो सहकार्य
एमएलएसमा जानुलाई खेलाडीले आफ्नो खेल करिअरको अन्त्यतर्फ लागेको संज्ञा पनि दिने गरिएको छ । लस एन्जेलसले भने बेलले लामो समय सहकार्य गर्ने अपेक्षा गरेको छ । ‘म अझै धेरै वर्ष खेल्न सक्छु । म यहाँ ६ वा १२ महिनाको लागि मात्र आएको होइन । म सम्भव भएसम्म लामो समयसम्म यहाँ रहनेछु,’ उनले भने, ‘म सकेको राम्रो गर्ने प्रयास गर्छु । लिगमा एउटा कोसेढुंगा पार गर्न चाहन्छु । भविष्यका लागि म उत्साहित छु । मेरो योजना भनेको मेहनत गर्ने हो ।’
बेलले टोटेनहम हट्सपरबाट रियल म्याड्रिड पुगेपछि निकै सफल समय बिताए । उनले ५ पटक क्लब फुटबलकै सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिग पनि जिते । यसबाहेक क्लब विश्वकप, ला लिगा, कोपा डेल रे लगायत दर्जन उपाधि उनले जितेका छन् ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]