default_image

2 years ago

July 12, 2022

रियलले पछ्याएको गोलरक्षक चेल्सी आउने

53 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले पछ्याइरहेका अमेरिकी युवा गोलरक्षक ग्याब्रिएल सोल्निना इंग्लिस क्लब चेल्सीमा अनुबन्धित हुने भएका छन् ।

अमेरिकाको मेजर लिग सकरको सिकागो फाएरबाट खेल्दै आएका सोल्निनालाई चेल्सीले १० मिलियन युरो खर्चेर अनुबन्ध गर्ने भएको हो । चेल्सीका नयाँ मालिक टड बोहलीले व्यक्तिगत रुपमा नै अमेरिकी क्लबसँग सम्पर्क गर्दै खेलाडी भित्र्याउन मौखिक सम्झौता गरिसकेका छन् । चेल्सीले उनलाई यस सिजन सिकागो फाएरमा नै लोनमा पठाउनेछ ।

सोल्निना प्रिमियर लिगको शीर्ष ६ क्लबमा आबद्ध हुने तेस्रो अमेरिकी गोलरक्षक समेत बन्नेछन् । यसअघि ज्याक स्टेफन म्यानचेस्टर सिटीबाट खेल्दै आएका छन् । त्यस्तै म्याट टर्नर पनि यसै सिजन आर्सनलबाट खेल्ने तयारीमा छन् ।

मात्र १८ वर्ष पुगेका सोल्निनाको उचाई ६ फिट ४ इन्च रहेको छ । केहि साताअघि रियल म्याड्रिडले उनलाई भित्र्याउन प्रयास गरेपनि सिकागोले उक्त प्रस्ताव नकारेको थियो । सोल्निनाका लागि चेल्सीले राम्रो प्रस्ताव गरेसँगै एक सिजन अमेरिकामै रहन दिने भएपछि क्लब राजी भएको हो ।

सोल्निनाले सन् २०२१ मा सुरुवाती रोजाइमा खेलेदेखि क्लबका लागि ३० खेलमा ११ क्लिन सिट राखेका छन् । क्लबको कमजोर नतिजाका बाबजुद पनि सोल्निनाको प्रदर्शनले समर्थकको मन जितेको छ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.