default_image

2 years ago

July 12, 2022

लिभरपुलमाथि युनाइटेडको फराकिलो जित

101 views

0 Bookmark

एजेन्सी – प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि फराकिलो जित दर्ता गरेको छ । थाइल्याण्डको बैंककस्थित राजामंगाला मैदानमा भएको खेलमा युनाइटेडले ४-० ले विजयी भयो ।

पहिलो हाफमा ३-० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । खेलको १२ औं मिनेटमा जेडन सान्चोले युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेसको पासलाई लिभरपुलको डिफेन्सले राम्रोसँग क्लियर गर्न नसक्दा सान्चोले गोल गरेका थिए ।

खेलको ३० औं मिनेटमा युनाइटेडले मिडफिल्डर फ्रेडको गोलमा अग्रता दोब्बर पार्यो । एन्थोनी मार्सियलसँग उत्कृष्ट समन्वय गर्दै फ्रेडले गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको चिप प्रहारलाई ब्राजिलियन गोलरक्षक एलिसनले रोक्ने अवसर पाएनन् ।

त्यसको ३ मिनेटपछि नै मार्सियलले ३-० को अग्रता दिलाए । लिभरपुलले १० खेलाडी परिवर्तन गरेको केहि मिनेटमा नै उनले गोल गरेका थिए । मार्सियलले बल खोस्दै काउन्टर अट्याकमा अघि बढेको युनाइटेडका लागि उनले वन भर्सेस वनको स्थितिमा गोलरक्षक एलिसनलाई चिप गर्दै गोल गरेका थिए ।

दोस्रो हाफको ७६ औं मिनेटमा फाकुन्डो पेलिस्त्रीले युनाइटेडलाई ४-० ले अघि बढाए । एरिक बेलीले सुरु गरेको काउन्टर अट्याकमा एमड डियालो र पेलिस्त्रीको समन्वय मिल्दा गोल सम्भव भएको थियो । पेलिस्त्रीले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकविरुद्ध ३ युनाइटेड खेलाडी रहेको अवस्थामा गोल गरेका थिए ।

प्रशिक्षक एरिक टेन हागको पहिलो खेलमा युनाइटेडले उत्कृष्ट प्रदर्शन समेत गर्यो । निकै छरितो फुटबल खेलेको युनाइटेडले युवा खेलाडीलाई पनि अवसर दिएको थियो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेपनि युनाइटेडको प्रदर्शन तारिफयोग्य थियो ।

यता लिभरपुलले भने केहि आक्रमणमा अवसर सिर्जना गरेपनि गोल फर्काउन भने सकेन । नयाँ फरवार्ड डार्विन न्युनेजले सुन्दर अवसर खेर फाल्दा मोहमद सलाहको प्रहार पोस्टमा लागेको थियो । लिभरपुलले खेल अवधिभर २ दर्जन बढी खेलाडी प्रयोग गरेको थियो ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.