default_image

3 years ago

July 15, 2022

गोलकिपर एन्जिला लि निङको ब्रान्ड एम्बेसडर

617 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– महिला राष्ट्रिय फुटबल टोली तथा एपिएफकी गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई अन्तर्राष्ट्रिय खेलकुद सामाग्री तथा पोशाक कम्पनी लि निङको ब्रान्ड एम्बेसडर बनेकी छन् ।

एन्जिला र लि निङको नेपालका लागि आधिकारिक विक्रेता चाईना ट्रेड लिंक कम्पनी प्रालि सिइओ राजन महर्जनले शुक्रबार ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरण गरेका छन्। उनी दुई वर्षका लागि एम्बेसडर बनेकी हुन् ।

एन्जिलाले एटिएस१६ लोगो चाईना ट्रेडलाई लागो उपलब्ध गराउने र कम्पनीले सो लोगो प्रयोग गरि खेल पोशाकलगायत खेलकुद सामाग्री उत्पादान गर्ने भएको छ । एटिएस १६ लोगो प्रयोग गरेर उत्पादन गरिएका पोशाक र सामग्री चाइना टे«डले विक्रीपछि खुद नाफाको १० प्रतिशत मध्ये आधा एन्जिला र आधा विभिन्न खेलका खेलाडीलाई उपलब्ध गराइने सम्झौतामा उल्लेख रहेको बताइएको छ ।

त्यसबाहेक लि निङले बार्षिक रुपमा एन्जिलालाई ट्रयाकसुट ५ सेट, टिर्सट १० वटा , जुत्ता ५ जोर, मोजा २० जोर र क्याप वटा उपलब्ध गराउने छ । त्यसबाहेक एन्जिाले लि निङ खेल पोशाक र सामाग्री खरिद गर्दा ३५ प्रतिशत छुट पाउनेछिन् । राष्ट्रिय तथा क्लबमा खेल्दाबाहेक एन्जिलाले अन्य ब्राण्डका पोशाक तथा समाग्रीको प्रचार तथा अन्य ब्रान्डको विज्ञापन सहभागी हुन नपाइने सम्झौतामा उल्लेख गरिएको छ ।

एन्जिलाले आफ्नो कथामा निर्माण हुने फिल्म अन्जिलामा पनि लि निङकै खेल पोशाक र सामाग्री प्रयोग गर्ने बताइएको छ । उनको वास्तविक कथामा आधारित हुने फिल्मको निर्माण गरिने गत वर्ष चैतमा घोषणा गरिएको थियो । एन्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफै गर्ने बताइएको छ ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले गर्नेछन । एन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहने बताइएको थियो । फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन् । इलामको फिक्कल र काठमाडौंमा छयाङ्कन हुने फिल्म आगामी दशै आसपासमा प्रदर्शन गर्ने तयारी रहेको बताइएको थियो ।

एन्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाईकी गोलकिपर हुन् । गत वर्ष सम्पन्न राष्ट्रिय महिला लिगमा एपिएफ च्याम्पियन बन्दा टोलीको गोलपोष्ट उनले नै सम्हालेकी थिइन् । लिगका १२ खेलमा उनले मात्र एक गोलको सामना गर्नुपरेको थियो । उनले पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यवसायिक फुटबल खेलेकी थिइन् । गत वर्षको लिगमा उनले उक्त टोलीको कप्तानी समेत गरेकी थिइन् ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.