default_image

2 years ago

July 20, 2022

अर्जेन्टिनी डिबाला रोमामा अनुबन्धित

170 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला फ्रि–ट्रान्सफरमा इटालियन क्लब रोमामा अनुबन्धित भएका छन् । अर्काे इटालियन क्लब युभेन्ट्ससँगको सम्झौता अवधि सकिएसँगै २८ वर्षीय डिबालाले रोमामा ३ वर्षको सम्झौता गरेका हुन् ।

सन् २०१५ मा पालेरमोबाट युभेन्ट्स आएका डिबालाले यस अवधिमा २९३ खेल खेल्दा ११५ गोल गरेका छन् । उनले युभेन्ट्सबाट पाँचपटक सिरी ‘ए’ को उपाधि जितेका छन् ।

‘मलाई यो सम्झौतामा हस्ताक्षर गर्न पाउँदा खुसी छु,’ डिबालाले भने, ‘रोमाले देखाएको गतिले क्लबले मलाई कति चाहन्छ भन्ने कुरा देखियो । म रोमामा सामेल भइसकेको छु । एक अब्बल प्रशिक्षक जोसे मौरिन्होसँग काम गर्न मलाई अवसर छ ।’

रोमाले मौरिन्होको नेतृत्वमा गत सिजन सिरी ‘ए’ मा छैटौं स्थान हासिल गरेको थियो । युरोपा कन्फ्रेन्स लिग जित्दै रोमा पहिलोपटक युरोपेली ट्रफी उचाल्न सफल भएको थियो ।

‘पाउलो एक विश्व प्रसिद्ध खेलाडी हुन् । उनले प्रमुख ट्रफीहरु जितेका छन् । उनले त्यो ट्रफीलाई रोमामा ल्याउन मद्दत गर्नेछन् । म विश्वस्त छु कि उनको आगमनले हाम्रो टोली अझ बलियो र प्रतिस्पर्धात्मक हुनेछौं,’ रोमाका महाप्रवन्धक पिन्टोले भने ।

डिबाला यो समरमा रोमामा अनुबन्ध हुने चौथो खेलाडी बनेका छन् । यसअघि रोमाले नेमान्जा माटिच, माएल स्विलार र जेकी सेलिक अनुबन्ध गरिसकेको छ ।

रोमाले डिबालाले आफ्नो मनपर्ने जर्सी नम्बर २१ नै लगाउनेछन् । यसअघि यो नम्बर गत महिना अनुबन्ध भएका माटिचले लगाउने भनिएको थियो । अब माटिचले ८ नम्बर जर्सी लगाउनेछन् ।

डिबालाले अर्जेन्टिनाका लागि ३४ खेलमा ३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । पछिल्लोपटक उनले गत जुनमा वेम्बलीमा भएको फाइनलिसिमामा इटालीविरुद्ध गोल गरेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.