default_image

2 years ago

July 21, 2022

ब्रुएना चम्कदा म्यानचेस्टर सिटीको जित

124 views

0 Bookmark

एजेन्सी – बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रि–सिजन अन्तरगतको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

सिटीले मेक्सिन क्लब अमेरिकामाथि २–१ को रोमाञ्चक जित निकालेको हो । सिटीको जितमा दुवै गोल ब्रुएनाले गर्दा क्लब अमेरिकाका हेनरी मार्टिनले गोल फर्काए ।

अमेरिकाको टेक्सासस्थित एनआरजी स्टेडियम ह्युस्टनमा बिहीबार बिहान भएको खेलको ३०औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । ४३औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसको दुई मिनेटपछि नै ब्रुएनाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–१ ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.