default_image

3 years ago

July 23, 2022

एल क्लासिको : रियलको सामना गर्न नयाँ बार्सिलोना तयार

248 views

0 Bookmark

एजेन्सी – प्रि-सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस फुटबलका दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । अमेरिकाको लास भेगासमा हुने यस खेललाई लास भेगास क्लासिको नाम दिइएको छ । अमेरिकामा शनिबार हुने खेल नेपाली समयअनुसार आइतबार विहान ८:४५ बजे हुनेछ ।

गत सिजन रियल म्याड्रिडले स्पेनिस लिग र युरोपेली च्याम्पियन्स लिग जित्दै निकै सफल सिजन बिताउँदा बार्सिलोनाले क्लब इतिहासको खराब मध्यको सिजन देख्यो । रियल म्याड्रिडले कार्लो एन्चेलोटीलाई क्लबमा फिर्ता ल्याएपछि युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा गजबको प्रदर्शन गर्यो । विशेषगरी च्याम्पियन्स लिगमा क्लबको पुनरागमन जितको सिलसिला प्रशंसनीय थियो ।

यता बार्सिलोनालाई भने स्टार खेलाडी लिओनेल मेस्सीको बहिर्गमनपछि क्लब सम्हालन निकै कठिन भयो । सिजनको बिचमा प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त गर्दै पूर्व खेलाडी जाभी गुहार्ने अवस्था आयो । मैदान भित्र खराब प्रदर्शन गरेको बार्सिलोनाको मैदान बाहिर पनि उस्तै हालत रह्यो । क्लबका अध्यक्षलाई गिरफ्तार गर्नेसम्मको घटना देखा परे ।

तर बार्सिलोनाको मुहार अहिले फेरिएको छ । जोआन लापोर्टा क्लबमा फर्केपछि जाभीले टोलीलाई मैदान भित्र बलियो बनाएका छन् । कोभिडका कारण थालिएको आर्थिक स्थिति सुधार्न लापोर्टा लागेका छन् । एकातर्फ क्लब ऋणमा डुबेको छ, तर क्लबले खेलाडी अनुबन्धमा कुनै कसर छाडेको छैन । अझ युरोपेली फुटबलमा बार्सिलोना जस्तो खेलाडी अनुबन्धमा आक्रामक अन्य कमै टोली छन् ।

रियल म्याड्रिडले यस सिजन जम्मा २ नयाँ खेलाडी भित्र्याएको छ । सेन्टर डिफेन्डर एन्टोनियो रुडीगर र मिडफिल्डर ओरेलिएन चुआमेनीको रुपमा रियलले दुई फरक प्रक्रियामा खेलाडी ल्यायो । अनुभवी रुडीगर फ्री ट्रान्सफर तथा युवा चुआमेनी ८० मिलियन युरोमा अनुबन्धित भए ।

यता बार्सिलोनाले भने एकपछि अर्को खेलाडी अनुबन्ध गरेको छ । र यो क्रम अहिले रोकिने छाँटकाँट पनि देखिदैन । क्लबले फ्री ट्रान्सफरमा फ्रान्क केसी र आन्द्रिएस क्रिस्टेन्सन अनुबन्ध गर्यो । त्यसपछि आक्रमण बलियो पार्न राफिन्हा र रोबर्ट लेवान्डोस्की भित्र्यायो । अझैपनि क्लबले सेभियाका डिफेन्डर जुल्स कुन्डेसहित केहि खेलाडी पछ्याइरहेको छ ।

बार्सिलोनाले यसअघि अमेरिका टुरमा इन्टर मायमी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । उक्त खेलमा टोली ६-० को फराकिलो अन्तरले विजयी रहयो । राफिन्हाले उक्त खेलमा प्रभाव पनि जमाए । आज अर्का फरवार्ड लेवान्डोस्की त्यसलाई दोहोर्याउन चाहन्छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.