default_image

2 years ago

July 26, 2022

पोग्वाले बार्सिलोनाविरुद्धको खेल गुमाउने

121 views

0 Bookmark

एजेन्सी – यसै समरमा युभेन्ट्स फर्किएका फ्रान्सेली मिडफिल्डर पउल पोग्वाले प्रि–सिजन अन्तरगतको क्याटलान क्लब बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

चोटका कारण पोग्वाले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएको हो । प्रशिक्षण दौरान पोग्वाले घुँडामा चोट बोक्न पुगेका थिए । प्रारम्भिक प्ररिक्षणमा पोग्वाले दाँया घुँडामा दुखाई महसुस गरेको र मेनिस्कसमा चोट देखाएको छ ।

उनको चोटबारे विशेषज्ञ अर्थाेपेडिक परामर्श लिने क्लबले जनाएको छ । थप उपचारको लागि पोग्वा डालास पुगेका छैनन् । पोग्वाले युभेन्ट्सका लागि आफ्नो पहिलो प्रि–सिजन खेलमा मेक्सिकन क्लब चिभास ग्वाडालाजारालाई २–० ले पराजित गरेको खेल खेलेका थिए ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता अवधिसकिएसँगै २९ वर्षीय पोग्वा ७ वर्षपछि युभेन्ट्स फर्किएका थिए । पोग्वाले युभेन्ट्ससँग ४ वर्षको सम्झौता गरेका छन् । पोग्बा २०१६ मा युभेन्ट्सबाट ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा युनाइटेड पुगेका थिए ।

पोग्बाले २०१२–१३ को सिजनदेखि २०१५–१६ को सिजनसम्म युभेन्ट्सले सिरी एको उपाधि जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए । उनले आफ्नो अघिल्लो स्पेलमा १७८ खेलमा ३४ गोल गरेका थिए । पोग्वा २०१२ मा युनाइटेडको एकेडेमीबाट निशुल्क नै समावेश भएका थिए ।

फ्रान्सले २०१८ मा रूसमा भएको विश्वकप जित्दा टोलीका सदस्य थिए । २०१८–१९ मा युनाइटेडका लागि १६ गोल गरेका उनले त्यसपछि आफ्नो लयलाई निरन्तरता दिन सकेका छैनन् । पछिल्लो तीन सिजनमा उनले ९१ खेलमा ८ गोल गरेका छन् । पोग्बाले क्लबमा आफ्ना दुई स्पेलमा २३३ खेलमा ३९ गोल गरेका छन् ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.