default_image

2 years ago

July 31, 2022

माल्दिभ्स र श्रीलंका दुवै साफ यू२० बाट बाहिरिए

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियन्सिप अन्तर्गत समूह चरणको खेलमा माल्दिभ्स र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा भएको दिनको पहिलो खेल १-१ को बराबरीमा टुंगियो । माल्दिभ्सले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो । श्रीलंका तीन हारसँगै यसअघि नै बाहिरिएको थियो ।

यस नतिजासँगै दुवै टोलीले प्रतियोगितामा अंकको खाता खोलेका छन् । माल्दिभ्स ३ खेलमा १ अंक जोड्दै चौथो स्थानमा तथा श्रीलंका ४ खेलमा १ अंकसहित पुछारमा छ । माल्दिभ्सले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।

आज हुने‌ दिनको दोस्रो खेलमा भारत र नेपाल भिड्नेछन् । नेपालले जित हासिल गरे फाइनलमा प्रवेश गर्नेछ । भारत पनि फाइनल पुग्ने सम्भावना बलियो पार्न जितको प्रतिक्षामा हुनेछ । खेल साँझ ७:१५ मा सुरु हुनेछ ।

भारतको २ खेलमा ३ अंक छ । नेपाल २ खेलमा ६ अंकसाथ दोस्रो र बंगलादेश ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ । अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.