default_image

2 years ago

August 2, 2022

नेपाललाई बंगलादेशसँग ‘गर या मर’ को अवस्था

384 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ४:१५ बजे हुनेछ । मंगलबार नै भारत र माल्दिभ्सबीच साँझ ७:१५ बजे प्रतिस्पर्धा हुनेछ । साविक विजेता भारतसँग ८–० को हार बेहोरेपछि फाइनल यात्रा कठिन बनेको नेपालको फाइनल पुग्ने सम्भावना भने जिवित रहेको छ ।

नेपालले सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । तर, लयमा रहेको बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न कठिन नै हुनेछ ।

बंगलादेशसँग बराबरी खेलेको अवस्थामा अर्काे खेलमा भारत माल्दिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्नेछ । माल्दिभ्स र भारतले बराबरी खेलेको अवस्थामा नेपालले बंगलादेशलाई १–० को गोलले अन्तरले हराए फाइनल पुग्नेछ ।

बंगलादेशविरुद्ध नेपाल निश्चित जितको लक्ष्यसहित मैदान उत्रदै भारतसँगको पीडादायी हार बिर्साउन चहान्छ । नेपाललाई फाइनलमा पुग्न जितबाहेकको विकल्प छैन ।

टोलीसँग सिनियर टोलीको अनुभव बटुलिसकेका कप्तान आयुष घलानसँगै कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, अजय चौधरी, अमर श्रेष्ठ र गोलरक्षक ईश्वर गुरुङ रहेका छन् । यस्तै जन्मजय धानी, सन्दिप कार्की, रोहन खड्गी र निरन्जन मल्ल टोलीमा रहेका छन् ।

भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ।

यता, बंगलादेश पनि नेपाललाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाललाई बराबरीमा रोकेमा पनि बंगलादेश अपराजित रहँदै फाइनलमा पुग्नेछ । बंगलादेश सोही रणनीतिमा नेपालविरुद्ध मैदान उत्रनेछ । टोलीसँग मिराजुल इस्लाम, मोहम्मद राफिकल इस्लाम, पियस अहमेद नोभा, साहिदुल इस्लामलगायतका खेलाडी रहेका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि २० साउन खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.