default_image

2 years ago

August 2, 2022

नेपाल र बंगलादेश पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच पहिलो हाफ बराबरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेका छैनन् । नेपालले तुलनात्मक रुपमा बढी बल नियन्त्रण गर्दै आक्रमण गरिरहेको छ । बंगलादेशका गोलरक्षकले केही सुन्दर बचाउ गर्दै नेपालको अग्रतासामु बाधक […]

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच पहिलो हाफ बराबरीमा सकिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेका छैनन् । नेपालले तुलनात्मक रुपमा बढी बल नियन्त्रण गर्दै आक्रमण गरिरहेको छ । बंगलादेशका गोलरक्षकले केही सुन्दर बचाउ गर्दै नेपालको अग्रतासामु बाधक बनिरहेका छन् । उनले खेलको सुरुवाती समयमा नै आयुष घलानको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको मध्यतिर सुमित श्रेष्ठको प्रहार डिफेन्डरले क्लियर गर्दा नेपाल अघि बढ्न सकेको थिएन । नेपालले बल पोसेसनमा पकड जमाउँदै संयमित खेल देखाएको छ । बंगलादेशका डिफेन्डर निकै व्यस्त देखिएका छन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको थियो । भारतविरुद्ध पहिलो रोजाइमा खेलेका मनग्य नकर्मीको स्थानमा सन्दीप कार्की टोलीमा फर्किए । सन्दीपले सुरुवाती दुवै खेल पहिलो रोजाइमा खेलेपनि भारतविरुद्ध भने बेन्चमा रहेका थिए । उनी भारतविरुद्ध दोस्रो हाफमा मैदान छिरेका थिए । सुरुवाती दुवै खेलमा बेन्चबाट गोल गरेका मनग्य पुन: वैकल्पिक खेलाडीमा छन् ।

आज सुरुवाती ११ मा सिनियर टोलीको अनुभव बटुलिसकेका कप्तान आयुष घलानसँगै कृतिश रत्न छुन्जु, सुगम सुवाल, दिपेश गुरुङ, सन्दीप कार्की, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, अजय चौधरी, अमर श्रेष्ठ र गोलरक्षक ईश्वर गुरुङ छन् । नेपालले सुरुवाती दुई खेलमा जित निकाल्दा सुरुवाती ११ मा यहि टोली उतारेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो खेल नेपाल र बंगलादेश खेलेपछि भारत र माल्दिभ्सबीच साँझ ७:१५ बजे प्रतिस्पर्धा हुनेछ । साविक विजेता भारतसँग ८–० को हार बेहोरेपछि फाइनल यात्रा कठिन बनेको नेपालको फाइनल पुग्ने सम्भावना भने जिवित रहेको छ ।

नेपालले सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । तर, लयमा रहेको बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । बंगलादेशले पहिलो खेलमा भारतलाई २-१ ले हराएको थियो ।

बंगलादेशसँग बराबरी खेलेको अवस्थामा अर्काे खेलमा भारत माल्दिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्नेछ । माल्दिभ्स र भारतले बराबरी खेलेको अवस्थामा नेपालले बंगलादेशलाई १–० को गोलले अन्तरले हराए फाइनल पुग्नेछ । बंगलादेशले पछिल्लो खेलमा ह्याट्रिक गरेका मिराजुल इस्लामलाई बेन्चमा राखेको छ ।

बंगलादेशविरुद्ध नेपाल निश्चित जितको लक्ष्यसहित मैदान उत्रदै भारतसँगको पीडादायी हार बिर्साउन चहान्छ । नेपाललाई फाइनलमा पुग्न जितबाहेकको विकल्प छैन । यता, बंगलादेश पनि नेपाललाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाललाई बराबरीमा रोकेमा पनि बंगलादेश अपराजित रहँदै फाइनलमा पुग्नेछ । बंगलादेश सोही रणनीतिमा नेपालविरुद्ध मैदान उत्रनेछ ।

भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि २० साउन खेल्नेछन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.