default_image

2 years ago

August 7, 2022

प्रशिक्षक विष्ट भारतीय एकेडेमीको प्रशिक्षकमा नियुक्त

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी ‘सी’ लाइसेन्स प्राप्त नेपाली प्रशिक्षक समीर विष्ट भारतको केरलास्थित एल्टिएस इन्टरनेसनल फुटबल एकेडेमी (आइफा) मा अनुबन्ध भएका छन् ।

आइफाले विष्टलाई १ वर्षको लागि सम्झौता गरेको हो । आपसी समझदारीमा सम्झौता लम्ब्याउन सकिने सम्झौतामा उल्लेख छ । उनले एकेडेमीको युवा टोलीको प्रमुख प्रशिक्षक रहनेछन् । विष्टले एएफसी ‘बी’ लाइसेन्स कोर्ष पनि पूरा गरिसकेका छन् । छिट्टै प्रमाणपत्र प्राप्त गर्नेछन् ।

‘म आइफाको हिस्साा बन्न पाउँदा खुशी छु । यो मेरो लागि राम्रो अवसर हो । म आफ्नो उत्कृष्ट दिनेछु । म आफ्नो अनुभवलाई प्रयोग गर्नेछु, नयाँ कुरा पनि सिक्नेछु ’ विष्टले भने , ‘लेफ्ट विंग र फुल ब्याकमा खेल्न सक्ने विष्टले नेपालको शीर्ष क्लब थ्री स्टार, फ्रेन्ड्स र जावलाखेल युथ क्लबबाट खेलिसकेका छन् ।’

चोटकै कारण खेल जीवनबाट टाढिदै प्रशिक्षण करिअरमा लागेका थिए । सन् २०१७ मा फ्रेन्ड्स क्लबको खेलाडी रहँदा नै उनले एएफसी ‘सी’ लाइसेन्स प्राप्त गरेका थिए । त्यसपछि जावलाखेल युथ क्लबबाट पोखरामा प्रतियोगिता खेल्दा चोट लागेपछि उनी प्रशिक्षणमा लागेका हुन् । उनले सानेपा क्लबबाट प्रशिक्षण करिअर सुरुवात गरेका थिए ।

‘म अनिल गुरुङ (दाई) र सौरभ चाम्लिङ राई (दाई) लाई यो सम्भव बनाउनु भएकोमा धन्यवाद दिन चहान्छु । मलाई विश्वास गरेकोमा आइफा व्यवस्थापनका सौकथ र दीपक सरलाई धन्यवाद दिन चहान्छु ।’

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई भारतका फुटबल अफिसियल सौरभ चाम्लिङ राईमार्फत प्रस्ताव आएपछि अनिलले विष्टको नाम सिफारिस गरेका थिए । त्यसपछि क्लबसँगको छलफलपछि सम्झौताले अन्तिम रुप लिएको हो ।

पूर्व कप्तान गुरुङले साथी समिरलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् । ‘म खुशी छु, मैले समीरलाई केही मद्दत गर्न सके । उहाँ उत्कृष्ट युवा प्रशिक्षक हुनुहुन्छ । गुरुङले भने, ‘उहाँले राम्रो काम गर्न सक्नेमा विशवस्त छु । मेरो शुभकामना छ ।’

विष्टले आइफाको अत्याधुनिक एकेडेमीको युवा परियोजनाको निरिक्षण गर्नेछन् । जहाँ अन्य उमेर समूहको टोलीहरु पनि समावेश छन् । आइफाको आफ्नै प्रशिक्षण मैदानसँगै होस्टेल र जिम पनि रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.