default_image

2 years ago

August 8, 2022

मोराटाको ह्याट्रिकमा एट्लेटिको म्याड्रिडको सानदार जित

एजेन्सी – फरवार्ड अल्भारो मोराटाले ह्याट्रिक पूरा गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्समाथि सानदार जित दर्ता गरेको छ । एट्लेटिकोले युभेन्ट्समाथि ४–० को सानदार जित दर्ता गरेको हो । थप एक गोल म्याथिअस कुन्हाको नाममा रह्यो । युभेन्ट्सको प्रशिक्षण मैदान टोरिनोमा आइतबार राति भएको खेलको १०औं मिनेटमा मोराटोल गोल गर्दै टोलीलाई […]

97 views

0 Bookmark

एजेन्सी – फरवार्ड अल्भारो मोराटाले ह्याट्रिक पूरा गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्समाथि सानदार जित दर्ता गरेको छ ।

एट्लेटिकोले युभेन्ट्समाथि ४–० को सानदार जित दर्ता गरेको हो । थप एक गोल म्याथिअस कुन्हाको नाममा रह्यो । युभेन्ट्सको प्रशिक्षण मैदान टोरिनोमा आइतबार राति भएको खेलको १०औं मिनेटमा मोराटोल गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४३औं मिनेटमा मोराटाले गोल गर्दै अग्रता दोब्बर पारे ।

६२औं मिोराटाले आफ्नो पुर्व क्लब युभेन्ट्सविरुद्ध ह्याट्रिक पूरा गरे । लोन अवधि पुरा गरेपछि मोराटा एट्लेटिको फर्किएका छन् । मोराटा सन् २०२० मा दुई सिजनका लागि लोनमा युभेन्ट्स पुगेका थिए ।

२९ वर्षीय मोराटाले युभेन्ट्समा दुई सिजन बिताउँदा ९२ खेलमा ३२ गोल गरेका छन् । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिको लाई सानदार जित दिलाए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.