3 years ago
August 14, 2022
एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेपछि टोलीमा थप स्तरीय खेलाडी आवश्यक रहेको बताएका छन् ।

शनिबार ब्रेन्टफर्डको मैदानमा बिर्सनलायक प्रदर्शन गर्दै टोली ४-० ले पराजित भएको थियो । सुरुवातमा निकै खराब खेलेको टोली ३५ मिनेटमै ४-० ले पछि परेको थियो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि टोलीले खेलमा खास उपलब्धि देखाएन । खेलपछि प्रशिक्षक टेन हागले युनाइटेडमा अझै स्तरीय खेलाडी आवश्यक रहेको बताए ।
‘हामीले आज देखाएको भन्दा स्तरीय प्रदर्शन गर्न जरुरि छ । हामी टोलीका रुपमा एक कठिन प्रक्रियामा छौं । हामीले फरक सुरुवात अपेक्षा गरेका थियौं । सोचेजस्तो भइरहेको छैन,’ उनले भने, ‘हामीलाई नयाँ खेलाडी चाहिएको छ । स्तरीय खेलाडी चाहिएको छ । हामी त्यसमा काम गरिरहेका छौं र खेलाडीलाई यहाँ ल्याउन सक्दो प्रयास गर्नेछौं ।’
ब्रेन्टफर्डविरुद्ध खराब प्रदर्शन गरेपछि टेन हागले हारको जिम्मेवारी आफूले लिने बताए । ‘टोलीले जिम्म्मेवारी लिनुपर्छ । म समर्थकसँग माफी माग्छु । हामीलाई यति समर्थन गर्दापनि खुसी दिन सकेका छैनौं,’ उनले भने, ‘टोलीको रुपमा र व्यक्तिगत खेलाडीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । त्यो हुन सकेको छैन । यसमा निकै मिहिनेत गर्नु आवश्यक छ ।’
युनाइटेड बार्सिलोनाका मिडफिल्डर फ्रेंकी डे जोङ अनुबन्ध गर्न प्रयासरत छ । दुवै क्लब यसका लागि सकारात्मक रहेपनि डे जोङ बार्सिलोना छाड्न चाहिरहेका छैनन् । युनाइटेडले यसअघि बोलोग्नाका मारको अर्नाउटोभिच र युभेन्टसका एड्रिएन राबीओट अनुबन्ध गर्न खोजेपनि समर्थकहरु रुष्ट हुँदा ट्रान्सफर अघि बढ्न सकेन ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]