default_image

2 years ago

August 19, 2022

कासेमिरो किन युनाइटेड जान चाहन्छन् ?

एजेन्सी – प्रिमियर लिगको नयाँ सिजनमा खराब सुरुवात गरेको म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका मिडफिल्डर कासेमिरो अनुबन्ध गर्ने सम्भावना बलियो देखिएको छ । आर्थिक रुपमा पनि कासेमिरो र रियल म्याड्रिड दुवै पक्षलाई फाइदा हुने भएपछि कासेमिरो नयाँ चुनौतीको सामना गर्न तयार भएका हुन् । कासेमिरोका लागि युनाइटेड ठूलो रकम खर्च गर्न तयार रहेको बताइएको छ । […]

85 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको नयाँ सिजनमा खराब सुरुवात गरेको म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका मिडफिल्डर कासेमिरो अनुबन्ध गर्ने सम्भावना बलियो देखिएको छ ।

आर्थिक रुपमा पनि कासेमिरो र रियल म्याड्रिड दुवै पक्षलाई फाइदा हुने भएपछि कासेमिरो नयाँ चुनौतीको सामना गर्न तयार भएका हुन् । कासेमिरोका लागि युनाइटेड ठूलो रकम खर्च गर्न तयार रहेको बताइएको छ । सम्भवत त्यहि कारण पनि कासिमेरो युनाइटेडमा आबद्ध हुन सक्ने अनुमान गरिएको छ । दुई क्लबबीच ७० मिलियन युरोको सहमति भएको चर्चा छ । त्यस्तै कासेमिरोले रियलभन्दा झन्डै दोब्बर तलब पनि पाउनेछन् ।

कासेमिरोले रियल म्याड्रिड आएपछि आफ्नो स्थान सुरक्षित राखेका छन् । उनले चाहने हो भने लामो समय रियल बस्न सक्छन् । तर रियलले ३० वर्ष काटेपछि खेलाडीको सझौता एक सिजन मात्र बढाउँछ । युनाइटेडमा लामो सम्झौतासँगै राम्रो पारिश्रमिक पनि एक कारण हो । अझ रियलबाट सम्भव भएको सबै उपाधि जितेकाले उनी नयाँ चुनौती सामना गर्न चाहन्छन् ।

रियलमा कासिमेरोको महत्व

ब्राजिलियन मिडफिल्डर रियलका महत्त्वपूर्ण सदस्यमा पर्छन् । क्लबप्रतिको उनको इमान्दारीता र प्रतिवद्धताको निकै चर्चा हुने गर्छ । यसै पनि उनी स्तरीय खेलाडीमा पर्दछन् । उनको प्रदर्शन पनि एक रुपको रहने गरेको छ । उनको क्षमतामाथि कसैलाई शंका छैन ।

प्रशिक्षक कार्लो एन्सेलोटीले मन पराउने खेलाडी मध्ये पनि उनी पर्छन् । व्यक्तिगत रुपमा पनि दुईको सम्बन्ध एकदम निकट छ । त्यसैले कासेमिरोले निर्णय गर्नुअघि उनीसँग छलफल गरेका थिए । क्लबले पनि उनलाई महत्वका साथ हेर्छ । उनका कारण ड्रेसिङ रुपमा पनि सुखद माहोल बन्छ ।

तर सरुवा बजार पनि फुटबलको अर्को पाटो महत्वपूर्ण पाटो हो । कासेमिरो अब करिअरमा नयाँ चुनौतिको संब गर्न चाहन्छन् । कासिमेरोले जुन स्तरमा रियलमा प्रदर्शन गरिरहेका छ युनाइटेडमा पनि त्यहि अवस्थामा गर्न सक्छन् भन्ने प्रश्न पनि सँगै जोडिएर आएको छ । युनाइटेडको प्रस्ताव कासिमेरो र रियल दुवैका लागि फाइदाजनक रहेको मान्नेहरु पनि छन् ।

रियलले हालै फ्रान्सका युवा मिडफिल्डर औरेलिएन चुआमेनी भित्राएको छ । यद्दपी उनले कासिमेरोको ठाँउ लिन सक्छन् सक्दैनन् भन्ने प्रष्ट भइसकेको छैन । यसबाहेक टोनी क्रुस, लुका मोड्रीच, एडुआर्डो कामाभिन्गा, फेडे भालभर्डे र ड्यानी सेबालोस पनि टोलीमा छन् ।

कासेमिरोले युनाइटेडको प्रस्तावलाई गहिरो अध्ययन गरेर निर्णयमा पुगेको बताइएको छ । यो सिजन च्याम्पियन्स लिग नखेल्दा पनि फरक पर्दैन भन्ने मानेर नै उनले युनाइटेड जाने सोचेका हुन् । युनाइटेड यो सिजनका लागि च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो ।

रियलमा समर्थकहरु, प्रशिक्षक र टोलीका अन्य खेलाडीको आफूमाथिको विश्वास कासेमिरोले राम्ररी बुझेका छन् । सरुवाका लागि त्यो सबैलाई माया मार्न पनि उनी तयार हुनपर्ने हुन्छ । हालै मात्रै अन्य क्लबले पनि कासेमिरोमाथि चासो राखेका थिए । तर उनी युनाइटेडको प्रस्तावमा मात्र केहि सकारात्मक देखिको बताइएको छ ।

आर्थिक रुपमा पनि यो प्रस्ताव आकर्षक भएकै कारण उनी त्यसमा सकारात्मक देखिएका हुन् । फुटबल मात्र होइन अन्य व्यावसायिक हिसाबले पनि कासेमिरोसँगको सम्झौता युनाइटेडका लागि फाइदाजनक हुन सक्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.