3 years ago
August 19, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता शनिबार, आइतबार र सोमबार गरेर १० खेल हुनेछ । यो साता नर्थ वेस्ट डर्बीको रुपमा चर्चित म्यानचेस्टर युनाइटेड र लिभरपुल एक आपसमा भिड्दैछन् ।

शनिबार तीन फरक समयमा ६ खेल हुनेछ भने आइतबार दुई समयमा तीन खेल तथा सोमबार मध्यरातमा साताकै सबैभन्दा प्रतिक्षित खेल हुनेछ । सोमबार राती १२:४५ बजे (मंगलबार विहान) लिभरपुलले ओल्ड ट्राफर्ड भ्रमण गर्नेछ । दुवै टोलीले लिगमा हालसम्म जित दर्ता गर्न सकेका छैनन् । युनाइटेड दुवै खेलमा पराजित हुँदा लिभरपुल दुवै खेलमा बराबरीमा रोकिएको छ । लिभरपुलसँग यसै सिजन आएका फरवार्ड डार्विन न्युनेज रातो कार्डका कारण उपलब्ध छैनन् ।
शनिबार पहिलो खेलमा साँझ ५:१५ बजे टोटेनहम हट्सपरले वल्भ्सको सामना गर्नेछ । एन्टोनियो कोन्टेको नेतृत्वमा रहेको टोलीले ट्रान्सफर बजारमा खुलेर खर्च गरेको छ । फलस्वरुप टोलीले २ खेलमा ४ अंक जोडेको छ । चेल्सीसँग पछिल्लो साता खेल अन्तिम समयमा बराबर गर्दै टोटेनहमले आफ्नो बलियो उपस्थिति देखाएको छ । अंक तालिकामा चौथो स्थानमा रहेको टोटेनहम १ अंक जोड्दै १४ औं स्थानमा रहेको वल्भ्सविरुद्ध आफ्नो अपराजित यात्रा लम्ब्याउने सुरमा हुनेछ ।

शनिबार नै रातको १०:१५ बजे आर्सनलले यसै सिजन बढुवा भएको बर्नमाउथसँग खेल्नेछ । लिगको सुरुवाती दुवै खेल जित्दै दोस्रो स्थानमा रहेको आर्सनलले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पछिल्लो खेलमा नयाँ फरवार्ड ग्याब्रिएल जेससले २ गोल र २ असिस्ट दिएका थिए । पहिलो खेलमा एस्टन भिल्लालाई हराएको बर्नमाउथ पछिल्लो खेलमा सिटीसँग पराजित भएको थियो ।
शनिबार रातको ७:४५ मा लेस्टर सिटीले साउथह्याम्पटनको सामना गर्नेछ । क्रिस्टल प्यालेस र एस्टन भिल्ला खेल्दा नटिङहम फरेस्टले एभर्टनको भ्रमण गर्नेछ । यसै सिजन बढुवा भएको फुल्हमले ब्रेन्टफर्डको आतिथ्यता गर्नेछ ।
आइतबार पहिलो खेलमा साँझ ६:४५ बजे लिड्स र चेल्सी भिड्नेछन् । गत साता टोटेनहमसँग बराबरीमा रोकिएको चेल्सी लिड्सको मैदानमा जित हासिल गर्दै विजयी लयमा फर्कन चाहन्छ । त्यसै समयमा वेस्ट ह्यामले ब्राइटनलाई निम्तो दिनेछ ।

दिनको अन्तिम खेल राती ९:१५ बजे न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच हुनेछ । लिगको शीर्षस्थानमा रहेको सिटी न्युकासलको मैदानमा लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । न्युकासल पनि नयाँ रुपमा आफूलाई बलियो टोलीका रुपमा स्थापित गराउन चाहन्छ । दुई खेलमा ४ अंक जोडेको घरेलु टोली पेप गुआर्डीओलाको टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ ।
खेल तालिका :
शनिबार, अगस्ट २०
१७:१५ – टोटेनहम हट्सपर विरुद्ध वल्भ्स
१९:४५ – लेस्टर विरुद्ध साउथह्याम्पटन
१९:४५ – क्रिस्टल प्यालेस विरुद्ध एस्टन भिल्ला
१९:४५ – एभर्टन विरुद्ध नटिङहम फरेस्ट
१९:४५ – फुल्हम विरुद्ध ब्रेन्टफर्ड
२२:१५ – बर्नमाउथ विरुद्ध आर्सनल
आइतबार, अगस्ट २१
१८:४५ – लिड्स विरुद्ध चेल्सी
१८:४५ – वेस्ट ह्याम विरुद्ध ब्राइटन
२१:१५ – न्युकासल विरुद्ध म्यानचेस्टर सिटी
सोमबार, अगस्ट २२
१२:४५ (मंगलबार विहान) – म्यानचेस्टर युनाइटेड विरुद्ध लिभरपुल
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]