default_image

2 years ago

August 22, 2022

किरणको टोली माजिया एफए कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियसन माल्दिभ्सको प्रतिष्ठित एफए कपको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा क्लब भ्यालेन्सियालाई २–० ले पराजित गर्दै माजिया च्याम्पियन बन्न सफल भएको हो । माजियाको जितमा नाइज हसन र हम्जा मोहम्मदले गोल गरे । पहिलो हाफमा भएको दुई […]

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियसन माल्दिभ्सको प्रतिष्ठित एफए कपको च्याम्पियन बनेको छ ।

आइतबार राति भएको खेलमा क्लब भ्यालेन्सियालाई २–० ले पराजित गर्दै माजिया च्याम्पियन बन्न सफल भएको हो । माजियाको जितमा नाइज हसन र हम्जा मोहम्मदले गोल गरे ।

पहिलो हाफमा भएको दुई गोल नै माजिया च्याम्पियन बन्न सफल भयो । यस खेलमा गोलरक्षक किरण भने खेलेका थिएनन् ।माजिया समग्रमा तेस्रोपटक च्याम्पियन बनेको हो । माजियाले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जित्न सफल भएको हो ।

माल्दिभ्समा किरणले माजियाबाट दोस्रो उपाधि जित्न सफल भएको हो । माजियाले गत सिजन माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि जित्दै ह्याट्रिक उपाधि जितेको थियो । किरण लिगको उत्कृष्ट गोलरक्षकसमेत बनेका थिए । माजियाले पहिलोपटक सन् २०१६ मा लिग उपाधि जितेको थियो ।

यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.