default_image

2 years ago

August 22, 2022

मिलान हारबाट जोगियो

एजेन्सी – साविक विजेता एसी मिलान इटालियन सिरी ‘ए’ को नयाँ सिजनको दोस्रो खेलमै हारबाट जोगिएको छ ।मिलानले घरेलु टोली एटलान्टासँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । जिविस स्टेडियम बरगामोमा आइतबार राति भएको खेलको २९औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको गोलबाट एटलान्टाले सुरुवाती अग्रता लिएको थियो । तर, एटलान्टाले त्यो अग्रतालाई दोस्रो हाफमा […]

157 views

0 Bookmark

एजेन्सी – साविक विजेता एसी मिलान इटालियन सिरी ‘ए’ को नयाँ सिजनको दोस्रो खेलमै हारबाट जोगिएको छ ।मिलानले घरेलु टोली एटलान्टासँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

जिविस स्टेडियम बरगामोमा आइतबार राति भएको खेलको २९औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको गोलबाट एटलान्टाले सुरुवाती अग्रता लिएको थियो ।

तर, एटलान्टाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ६८औं मिनेटमा इस्माइल बेनासेरले गोल गर्दै मिलानलाई हारबाट जोगाए ।

यो बराबरीसँगै अपराजित रहेको मिलान २ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा तथा समान ४ अंक नै रहेपनि एटलान्टा गोल अन्तरमा पछि पर्दै चौथो स्थानमा रहेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.