default_image

2 years ago

August 22, 2022

विश्वकपअघि उच्च लयमा नेयमार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेका छन् । पिएसजीको आक्रमणमा लिओनेल मेस्सी र किलीयन एमबाप्पेको साथ पाएका उनको प्रदर्शनले ब्राजिलका समर्थक पनि उत्साहित छन् । आफ्नो करिअरमा चोटका कारण संघर्ष गर्दै आएका नेयमार यस सिजन भने फिटनेसमा पनि निकै राम्रो अवस्थामा छन् । उनले लिगको सबै […]

181 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेका छन् । पिएसजीको आक्रमणमा लिओनेल मेस्सी र किलीयन एमबाप्पेको साथ पाएका उनको प्रदर्शनले ब्राजिलका समर्थक पनि उत्साहित छन् ।

आफ्नो करिअरमा चोटका कारण संघर्ष गर्दै आएका नेयमार यस सिजन भने फिटनेसमा पनि निकै राम्रो अवस्थामा छन् । उनले लिगको सबै तीन खेलमा पूरा ९० मिनेट मैदानमा बिताएका छन् । यसक्रममा उनले ५ गोल र ६ असिस्ट प्रदान गरिसकेका छन् । आइतबार लिलविरुद्ध खेलमा मात्र उनले २ गोल र ३ असिस्ट दिएका थिए ।

नेयमारले सिजनको सुरुवातमा भएको फ्रेन्च सुपर कपमा पनि २ गोल गरेका थिए । उनले ब्राजिलका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्णको २ खेलमा ३ गोल गरेका थिए । नेयमारले पिएसजीका लागि यस सिजन खेलेका सबै ४ प्रतिस्पर्धात्मक खेलमा गोल गरेकै छन् ।

सुपर कपमा नान्टेसलाई ४-० ले पराजित गर्दा नेयमारले २ गोल गरेका थिए । त्यसपछि क्लेरमोन्ट फुटविरुद्ध पिएसजीले ५-० को जित दर्ता गर्दा नेयमारले १ गोल र ३ असिस्ट दिए । त्यसपछि गत साता मोन्टपेलिएरविरुद्ध २ गोल गर्दै उनी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी थिए । आइतबार लिलविरुद्ध पनि उनलाई विपक्षी डिफेन्सले रोक्न सकेन ।

नेयमारको यो लयले विश्वकपअघि ब्राजिलका समर्थक पनि उत्साहित छन् । पछिल्लो दुवै विश्वकपमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेका नेयमारका लागि यो अन्तिम विश्वकप पनि हुन सक्छ । उमेरले ३० वर्ष पुगिसकेका उनलाई आउने दिनमा पुनस्थापना गर्न सक्ने खेलाडी ब्राजिलमा छन् । त्यसैले पनि उनी आफैं पछि हट्न सक्छन् ।

नेयमारले ब्राजिलको सिनियर टोलीबाट १ सय १९ खेलमा ७४ गोल गरेका छन् । सन् २०१० मा डेब्यु गरेयता उनले मुख्य प्रतियोगिताका ५१ खेलमा २९ गोल गरेका छन् । यसपटक कतार विश्वकपमा उनी गोलको संख्या बढाउँदै टोलीलाई छैटौं पटक उपाधि दिलाउने लक्ष्यमा हुनेछन् ।

फिफा विश्वकप २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुँदैछ । ब्राजिल प्रतियोगिताको समूह जी मा रहेको छ । ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन् ।

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

Success

Thank you for your time.