default_image

2 years ago

August 22, 2022

युनाइटेड र लिभरपुल पहिलो जितको खोजीमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत तेस्रो साताको अन्तिम खेलमा आज लिगका दुई महारथी म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । लिगमा खराब सुरुवात गरेका दुवै टोलीले हालसम्म जित हासिल गरेका छैनन् । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । युनाइटेड सुरुवाती दुवै खेलमा पराजित भएको छ भने लिभरपुलले दुवै खेल बराबरी खेल्दै अंक […]

60 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत तेस्रो साताको अन्तिम खेलमा आज लिगका दुई महारथी म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । लिगमा खराब सुरुवात गरेका दुवै टोलीले हालसम्म जित हासिल गरेका छैनन् । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

युनाइटेड सुरुवाती दुवै खेलमा पराजित भएको छ भने लिभरपुलले दुवै खेल बराबरी खेल्दै अंक बाँडेको छ । आजको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा हुनेछ । युनाइटेडले लिगको पहिलो खेलमा ब्राइटनसँग घरेलु मैदानमा नै २-१ ले हारेको थियो । पछिल्लो खेलमा भने टोली ब्रेन्टफर्डको मैदानमा ४-० ले पराजित भएको थियो । हालसम्म युनाइटेडका कुनै खेलाडीले गोल गर्न सकेका छैनन् । पहिलो खेलमा ब्राइटनका एलेक्स म्क्कालिस्टरले आत्मघाती गोल गरेका थिए ।

यता लिभरपुलको पनि सिजनको सुरुवात सुखद हुन सकेको छैन । पहिलो खेलमा नवप्रवेशी फुल्हमसँग २-२ को बराबरीमा रोकिएको लिभरपुलले दोस्रो खेलमा क्रिस्टल प्यालेससँग अंक बाँड्यो । प्यालेसविरुद्ध फरवार्ड डार्विन न्युनेजले रातो कार्ड खानु टोलीका लागि थप समस्या रहयो । यसै सिजन क्लब कीर्तिमान रकममा भित्रिएका न्युनेजले योसहित तीन खेल गुमाउनेछन् ।

आजको खेलमा लिभरपुलले न्युनेजको स्थानमा रोबर्टो फिर्मिनोलाई उतार्ने देखिन्छ । साडियो माने बायर्न म्युनिख पुगेपछि कमजोर बनेको लिभरपुलको आक्रमण अर्का फरवार्ड डिओगो जोटा घाइते हुँदा थप समस्यामा छ । टोलीमा चोटका कारण मिडफिल्डर थियागो र एलेक्स अक्स्लेड चेम्बरलिन तथा डिफेन्डरद्वय जोएल माटिप र इब्राहिमा कोनाटे हुनेछैनन् ।

यता युनाइटेडले रियल म्याड्रिडका क्यासेमिरोलाई अनुबन्ध गरेपनि उनी आजको खेलमा उपलब्ध हुने छैनन् । टेन हागले आजको खेलमा कप्तान ह्यारी मगाएरको स्थानमा राफेल भारानलाई खेलाउने सम्भावना पनि छ । फरवार्ड एन्थोनी मार्सियल चोटबाट फर्कने क्रममा छन् । तर आज रोनाल्डोले नै सुरुवात गर्ने सम्भावना छ ।

अंक तालिकामा लिभरपुल २ अंकसहित १५ औं र अंकविहिन युनाइटेड १९ औं स्थानमा छ । यो खेल जितेमा लिभरपुल शीर्ष ७ मा प्रवेश गर्नेछ भने युनाइटेड विजयी भए लिभरपुलभन्दा माथि उक्लनेछ । युनाइटेड पराजित भएको अवस्थामा पुछारमा झर्नेछ ।

यो पनि पढ्नुहोस : विश्वकपअघि उच्च लयमा नेयमार

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.