default_image

2 years ago

August 22, 2022

किरण भारतीय क्लबमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ भारतीय (आई) लिग टोली राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध भएका छन् । फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण पन्जाब एफसीमा आबद्ध भइसकेका छन् । विश्वभरका व्यवसायिक खेलाडीले अर्को क्लबमा जाँदा इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । विदेशी खेलाडीको […]

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ भारतीय (आई) लिग टोली राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध भएका छन् । फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण पन्जाब एफसीमा आबद्ध भइसकेका छन् ।

विश्वभरका व्यवसायिक खेलाडीले अर्को क्लबमा जाँदा इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । विदेशी खेलाडीको हकमा आइटिसी विना अर्को क्लबबाट खेल्न पाउँदैनन् । माल्दिभ्सको लिग च्याम्पियन टोली माजिया स्पोर्टस एन्ड रिक्रिएसन सेन्टरबाट किरण भारतीय क्लबमा आबद्ध भएका हुन् ।

विश्व फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) माथि निलम्बन लगाएपनि खेलाडी सरुवा नरोकेपछि किरणलगायत अन्य खेलाडीलाई भारतीय क्लबमा आबद्ध हुन बाटो खुलेको हो । भारतले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएपनि आन्तरिक फुटबल गतिविधि भने रोकिने छैन । यद्यपि ति प्रतियोगिताले फिफा र एएफसी मान्यता पाउने छैनन् ।

आइतबार किरण माजियाबाट पन्जाबमा सरुवा भएका थिए । त्यसैकारण माजियाले आइतबार एएफए कप जित्दा किरण टोली बाहिर रहेको बुझिएको छ । गत साता माजियालई दिवेही प्रिमियर लिग उपाधि जिताउन किरणको भूमिका महत्त्वपूर्ण रहेको थियो । उनी लिगको उत्कृष्ट गोलकिरपर समेत चुएिका थिए । माजियाले उपाधि उचालेको समारोहकैबीच किरणले आफ्नी प्रेमिका तथा पेशाले विमान परिचारिका कन्चन निरौलालाई फिल्मी शैलीमा औंठी दिदै विवाहको प्रस्ताव राखेका थिए ।

किरण तेस्रो पटक पन्जाबमा आबद्ध भएका हुन् । किरण पहिलो पटक सन् २०१७ /१८ को सिजनमा पन्जाबमा आबद्ध भएका थिए । त्यो सिजन पन्जाब लिग च्याम्पियन बनेको थियो । त्यसयता उनी भारत र माल्दिभ्सका क्लबहरुमा आबद्ध हुँदै आएका छन् । २०१८ माल्दिम्सको टिसी स्पोर्टस्लाई लिग च्याम्पियन बनाएका किरण उत्कृष्ट गोलकिपर समेत बनेका थिए ।

सन् २०१९ /२० को सिजनमा पुनः पन्जाबमा आबद्ध भएका किरण टोली आइ लिगमा तेस्रो हुँदा पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए । गत वैशाखमा स्वदेशमा नेपाल सुपर लिगमा धनगढीबाट खेल्दै उत्कृष्ट गोलकिपर चुनिएका किरण यो पटक फेरि माल्दिभ्सको लिगमा माजियाबाट च्याम्पियन बनेका छन् । अर्को महिना दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरण ४० सदस्यीय प्रारम्भिक टोलीमा डाकिएका छन् ।

तेस्रो पक्षको अनावश्यक हस्तेक्षप भन्दै फिफाले एआइएफएफलाई निलम्बन गरेको थियो । फिफा आफ्ना सदस्य राष्ट्रलाई भारतसँग कुनै पनि फुटबल प्रतिस्पर्धाका लागि सम्पर्क नगर्न समेत आग्रह गरेको थियो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) भने मंगलबार सम्म भारतको अवस्था के हुने भन्ने विषयमा प्रतीक्षा गर्ने जनाएको छ ।

भारतको निलम्बनका कारण उज्वेकिस्तान पुगेर पनि गोकुलम एएफसीले महिला क्लब च्याम्पियनसिप खेल्न पाएन । राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा एएफसी महिला क्लब च्याम्पियनसिप खेल्ने पहिलो नेपाली महिला खेलाडी बन्ने मौकाबाट चुकेकी छन् । गोलकुलमबाट खेल्नका लागि दुई साता अघि उनी भारत गएकी थिइन् ।

भारतमाथिको निलम्बन यथावत रहेको अवस्थामा एटिके मोहन बागान सेप्टेम्बर ७ मा हुने एएफसी कप अन्तर–जोन सेमिफाइनल खेल्न पाउने छैन । अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाएपछि भारतीय क्लबलाई खेलाडी दर्तामा भने रोक लगाइएको छैन । फिफाको विधानमा खेलाडी दर्ताका लागि भने खुला छाडेको छ । टाइम्स अफ इन्डियाले पनि किरणसहित अन्य केहि विदेशी खेलाडी आई लिग क्लबमा आबद्ध भएको उल्लेख गरेको छ ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.