default_image

2 years ago

August 22, 2022

सावित्रा भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– भारतको महिला आइ लिग च्याम्पियन गोकुलम एफसीले एएफसी क्लब च्याम्पियनसिप खेल्न नपाएपछि राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी मंगलबार स्वदेश फर्कने भएकी छिन् । गोकुलम क्लब च्याम्पियनसिपमा भाग लिन उज्वेकिस्तान पुगेकी भोली पल्ट मंगलबार अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) माथि निलम्बन गरेपछि गोकुलम खेल्न नपाउने भएको हो । जसका कारण एएफसी क्लब […]

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतको महिला आइ लिग च्याम्पियन गोकुलम एफसीले एएफसी क्लब च्याम्पियनसिप खेल्न नपाएपछि राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी मंगलबार स्वदेश फर्कने भएकी छिन् ।

गोकुलम क्लब च्याम्पियनसिपमा भाग लिन उज्वेकिस्तान पुगेकी भोली पल्ट मंगलबार अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) माथि निलम्बन गरेपछि गोकुलम खेल्न नपाउने भएको हो । जसका कारण एएफसी क्लब च्याम्पियनसपि खेल्ने पहिलो नेपाली बन्ने अवसरबाट सावित्रा यसपटक बन्चित भएकी छन् ।

दुई साता अघि भारत पुगेकी सावित्रा सम्मलित गोकुलमले केरेला महिला लिगको पहिलो खेलमा ११–० को जित निकालेको थियो । जसमा सावित्राले ५ गोल गरेकी थिइन् । यसै महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिपको ३५ खेलाडी भित्र रहेकी सावित्रा एएफसी क्लब च्याम्पियनसिप खेल्नकै लागि भारत गएकी थिइन् ।

सावित्रा सम्मिलित टोली आज राती उज्वेकिस्तानबाट भारत पुग्ने बताइएको छ । त्यस्तै आफू दिल्ली हुँदै काठमाडौं आइपुग्ने सावित्राले जानकारी दिएकी छन् । साफ दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गते सम्मका लागि तय छ । भारतले साफ खेल्न पाउने नपाउने पक्का भएपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिपको खेल तालिकालाई मंगलबार अन्तिम रुप दिने बताइएको छ ।

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

Success

Thank you for your time.