default_image

3 years ago

August 23, 2022

क्यासमिरो युनाइटेडमा सार्वजनिक

245 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन मिडफिल्डर क्यासमिरोलाई क्लबमा सार्वजनिक गरेको छ ।

प्रिमियर लिग अन्तर्गत युनाइटेड र लिभरपुलबीचको खेलअघि उनलाई सोमबार राति ओल्ड ट्राफोर्डमा सार्वजनिक गरिएको हो । त्यस खेलमा युनाइटेडले लिभरपुललाई २–१ ले हराएको छ । प्रिमियर लिगमा सुरुवाती दुई खेलमा हारपछि युनाइटेडको यो पहिलो जित हो ।

युनाइटेडले ३० वर्षीय क्यासमिरोलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट ७० मिलियन युरोमा ४ वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको थियो । थप एक वर्ष सम्झौता लम्ब्याउन सक्ने प्रावधान पनि रहेको छ । उनले यो रियल म्याड्रिडमा पाएको पारिश्रमिक भन्दा झन्डै दोब्बर नै हो । क्यासमिरोले ९ वर्षको रियल बसाई अन्त्य गर्दै म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् ।

रियलले सोमबार नै क्यासमिरोलाई एक कार्यक्रमका बीच बिदाई गरेको थियो । ब्राजिली मिडफिल्डर क्यासमिरोले आँफु पैसाको लागि स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध नभएको र आँफु एक उत्कृष्ट क्लबबाट अर्काे उत्कृष्ट क्लबमा स्थानान्तरण भएको बताएका छन् ।

‘पैसाको कुरा भएको भए मैले ४–५ वर्षअघि नै रियल छाडिसकेको हुने थिए ।’ क्यासमिरोले भने, ‘गलत सोच्नेहरुले नै यस्ता कुरा गर्ने हुन् । मलाई चिन्नेले यस्तो कुरा गर्दैनन् । क्लबले मलाई सधैं राम्रो व्यवहार गरेको छ । यो मेरो निर्णय हो, यो मैले रोजेको बाटो हो ।’

‘मैले च्याम्पियन्स लिगको फाइनलपछि रियलमा मेरो चक्रको अन्त्यतिर आएको महसुुस गर्दै मेरो एजेन्टसँग कुरा गरेको थिए ।’ क्यासमिरोले भने, ‘यो मेरो जीवनको सबैभन्दा कठिन निर्णय थियो । तर अगाडि के छ भनेर म उत्साहित छु । म नयाँ चुनौतीको सामना गर्न चहान्छु । फरक लिग, फरक देश र फरक संस्कृति जान्न चहान्छु ।’

‘म रियल म्याड्रिडको महानतासँग प्रतिस्पर्धा गर्न सक्ने विश्वको सबैभन्दा ठुलो टोलीमा जाँदैछु । यद्धपि युनाइटेड यसपटक च्यािम्पयन्स लिगको टोलीमा छैन ।’ उनले थपे, ‘मैले क्रिस्टियानो रोनालडोसँग कुरा गरेको छैन । मलाई आशा छ । उहाँ क्लबमै हुनेछ । उहाँ सबै समयका उत्कृष्ट खेलाडीहरुमध्ये एक हुनुहुन्छ ।’

‘मैले रियलमा जे गरे, म्यानचेस्टर युनाइटेडमा पनि त्यही गर्न चहान्छु । म यहाँको लिग जित्न चहान्छु । म मेरो करिअरको सबैभन्दा उत्कृष्ट क्षणमा रहेको जस्तो लाग्छ, म साँच्चै फिट छु, मानसिक रुपमा राम्रो महसुस गरिरहेको छु । मैले यो निर्णय राम्रो गरे जस्तो लाग्छ ।’ क्यासमिरोले थपे । तर, युनाइटेडले नयाँ सिजनको पहिलो दुई खेलमा हार बेहोर्दै खराव सुरुवात गरेको छ ।

रियल म्याड्रिडको प्रशिक्षण मैदानमा भएको बिदाई कार्यक्रममा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि निक्कै भावुक भएका थिए । ‘तपाई यहाँ हरेक वर्ष उदाहारणीय हुनुभएको छ । तपाईलाई आफ्नो भविष्यको निर्णय गर्न पाउने अधिकार छ । तपाईमा च्याम्पियनको छवि छ । जहाँ गएपनि तपाई रियलको राजदुत हुनु हुनेछ । रियल म्याड्रिड तपाईकै घर हो ।’ अध्यक्ष पेरेजले भने ।

क्यासमिरो सन् २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा आबद्ध भएका थिए । यो ९ वर्षको अवधिमा क्यासमिरोले रियलबाट १८ उपाधि जितेका छन् । उनले पाँच पटक च्याम्पियन्स लिग, तीन पटक ला लिगा, ३ युइएफए सुपर कप, ३ स्पेनिस सुपर कोपा र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

रियलमा अनुबन्ध भएकै वर्ष उनले रियलको ‘बी’ टोली हुँदै सिनियर टोलीमा स्थान बनाएका थिए । तर, अर्काे सिजन अर्था २०१४–१५ मा उनी लोनमा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए । त्यसपछि उनी निरन्तर रियलको पहिलो रोजाईमा खेलिरहेका छन् । रियलबाट उनले रियलबाट ८ सिजन खेल्दा ३३६ खेलमा ३१ गोल गरेका छन् ।

२०११ देखि ब्राजिलको टोलीमा रहेका क्यासमिरोले ब्राजिलबाट कोपा अमेरिका २०१९ जितेका छन् । उनी यस वर्षको बालोन डी’ओरका लागि मनोनयनमा परेका ३० खेलाडीको सूचीमा छन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.