default_image

2 years ago

August 23, 2022

च्याम्पियन्स लिग : समूह चरण खेल्ने टोलीहरु

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा छनोट हुन प्लेअफ अन्तर्गत अन्तिम चरणको दोस्रो लेग आज र भोली हुँदैछ । प्रतियोगितामा सहभागी हुने २६ टोलीको टुंगो लाग्दा प्लेअफबाट ६ टोली छनोट हुनेछन् । घरेलु लिगको स्थानकै आधारमा २६ टोलीले समूह चरणमा स्थान पक्का गरिसकेका छन् । आज र भोली हुने प्लेअफको ६ खेलपछि सबै […]

140 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा छनोट हुन प्लेअफ अन्तर्गत अन्तिम चरणको दोस्रो लेग आज र भोली हुँदैछ । प्रतियोगितामा सहभागी हुने २६ टोलीको टुंगो लाग्दा प्लेअफबाट ६ टोली छनोट हुनेछन् ।

घरेलु लिगको स्थानकै आधारमा २६ टोलीले समूह चरणमा स्थान पक्का गरिसकेका छन् । आज र भोली हुने प्लेअफको ६ खेलपछि सबै ३२ टोलीको टुंगो लाग्नेछ । छनोट भएका टोलीलाई ४ पटमा विभाजन गरिनेछ । त्यसपछि हरेक पटका १-१ टोली छनोट गरेर ८ समूह छनोट हुनेछ ।

समूह चरण छिनोफानोका लागि पट १ मा रहने टोलीको छिनोफानो भइसकेको छ । च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि विजेतासँगै युरोपको शीर्ष ६ लिगको विजेताले पट १ मा स्थान बनाउनेछन् । रियल म्याड्रिड, आइन्ट्राक्ट फ्रान्कफर्ट, म्यानचेस्टर सिटी, एसी मिलान, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन, पोर्टो र आयाक्स पट १ मा छन् । यी सबै टोली ८ फरक समूहमा रहनेछन् ।

त्यसपछिका ३ पटको छिनोफानो क्लब वरीयताको आधारमा हुनेछ । हालसम्म स्थान पक्का भएका टोलीमा लिभरपुल, चेल्सी, बार्सिलोना, युभेन्टस, एटलेटिको म्याड्रिड, सेभिया, आरबी लाइप्जिग र टोटेनहम हट्सपर दोस्रो पटमा पर्ने सम्भावना छ ।

त्यसपछि बोरुसिया डर्टमुन्ड, साल्जबर्ग, शाख्तर डोनेस्क, इन्टर, नापोली, स्पोर्टिङ लिस्बन, बायर लेभरकुसन र मार्से रहेका छन् । यसबाहेक अब प्लेअफबाट आउने ६ टोलीले क्लब ब्रुगा र सेल्टिकसँग पट ४ मा पर्ने सम्भावना छ ।

प्लेअफ अन्तर्गत अन्तिम चरणको दोस्रो लेग आज र भोलि हुनेछ ।

२४ अगस्ट, मंगलबार

बेन्फिका विरुद्ध डिनामो किएभ (पहिलो लेग : किएभ ०-२ बेन्फिका)

रेड स्टार बेलग्रेड विरुद्ध मक्काबी हाइफा (पहिलो लेग हाइफा ३-२ बेलग्रेड)

काराबाग विरुद्ध प्लेजन (पहिलो लेग ०-०)

२५ अगस्ट, बुधबार

डिनामो जाग्रेब विरुद्ध बोडो ग्लिम्ट (पहिलो लेग : बोडो १-० जाग्रेब)

ट्राब्जोनस्पोर विरुद्ध कोपनहेगन (पहिलो लेग : कोपनहेगन २-१ ट्राब्जोनस्पोर)

पिएसभी विरुद्ध रेन्जर्स (पहिलो लेग २-२)

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

Success

Thank you for your time.