default_image

2 years ago

August 28, 2022

आर्सनलको लगातार चौथो जित

153 views

0 Bookmark

एजेन्सी – उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ । फुलहमसँग पछि परेको स्थिति उल्ट्याएर आर्सनलले २–१ को जित निकाल्दै लगातार चौथो जित आत्मसात गरेको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्ड र गाब्रियलले गोल गरे । फुलहमका एलेक्सान्डर मित्रोभिकले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिदा दोस्रो हाफको शुरुमै घरेलु टोलस् आर्सनल पछि परेको थियो । ५६औं मिनेटमा मित्रोभिकले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । तर फुलहमको त्यो अग्रता लामो समय टिकेन ।

६४औं मिनेटमा कप्तान ओडेगार्डले बुकायो साकाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी रहँदा गाब्रियलले विलियम सालिवाको पासमा गोल गर्दै आर्सनललाई जित दिलाए ।

लगातार चौथो जितसँगै आर्सनलले म्यानचेस्टर सिटी र ब्राइटनलाई २ अंकले पछि पार्दै शीर्षस्थानमा रहेको छ । अपराजित आर्सनलको चार खेलबाट १२ अंक रहँदा सिटी र ब्राइटनको समान खेलबाट १० अंक छ । पराजित फुलहम ५ अंक जोडेर ११औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.