default_image

2 years ago

September 1, 2022

सलाह चम्कँदा लिभरपुलको पूनरागमन जित

115 views

0 Bookmark

एजेन्सी – इजिप्टियन फरवार्ड मोहम्मद सलाह चम्कँदा इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले पूनरागमन जित निकालेको छ ।

लिभरपुलले घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर न्यूक्यासल युनाइटेडमाथि २–१ को पूनरागमन जित हात पारेको हो । लिभरपुलको दुवै गोलमा मोहम्मद सलाहले असिस्ट प्रदान गरेका थिए ।

घरेलु मैदानमा लिभरपुलको पूनरागमन जितमा रोबर्टाे फिर्मिनो र फावियो कार्भाल्होले गोल गरे । न्यूक्यासलका एलेक्सान्डर इसाकको गोल सान्त्वना बन्यो ।

एनफिल्डमा बुधबार राति भएको खेलको ३८औं मिनेटमा इसाकको गोलबाट घरेलु टोली लिभरपुल पहिलो हाफमा पछि परेको थियो । यसै समरमा स्पेनिस क्लब रियल सोसिडाडबाट न्यूक्यासल आएका इसाकले पहिलो खेलमै डेब्यु गोल गर्न सफल भएका हुन् ।

पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै न्यूक्यासललाई दवावमा राख्दै ६१औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । फिर्मिनोले सलाहको पासमा गोल गर्न सफल भएका थिए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा मोहम्मद सलाहकै पासमा फावियो कार्भाल्होले गोल गर्दै लिभरपुललाई पूनरागमन जितसहित महत्वपूर्ण ३ अंक दिलाए ।

यस जितसँगै लिभरपुल ५ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । लिभरपुल शीर्षस्थानको आर्सनलभन्दा ७ अंकले पछि छ । पराजित न्यूक्यासल ६ अंक जोडेर ११औं स्थानमा छ ।

अन्य नतिजा
लिड्सविरुद्ध एभर्टन (१–१), बर्नमाउथविरुद्ध वल्भ्स (०–०), आर्सनलविरुद्ध एस्टन भिल्ला (–१), म्यानचेस्टर सिटीविरुद्ध नटिङहम फरेस्ट (–०) र वेस्ट ह्यामविरुद्ध टोटेनहम (१–१)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.