default_image

2 years ago

September 2, 2022

सान्चोको गोलमा युनाइटेडको जित

109 views

0 Bookmark

एजेन्सी – इंग्लिस युवा विंगर जेडान सान्चोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ ।

युनाइटेडले घरेलु टोली लेस्टर सिटीमाथि १–० को झिनो जित दर्ता गरेको हो । युनाइटेडको जितमा सान्चोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २३औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गर्न सफल भएका थिए ।

किङ पावर स्टेडियम लेस्टरमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीलाई बल पोसेसन राख्दै दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

सुरुवाती दुइै खेल गुमाएर युनाइटेडले त्यसपछि लगातार तेस्रो जित निकालेको हो । लगातार तेस्रो जितसँगै युनाइटेड ५ खेलबाट ९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पराजित लेस्टर १ अंक जोडेर पुछारमा छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.