default_image

2 years ago

September 4, 2022

बायर्न रोकियो, डर्टमुन्डको जित

112 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले झिनो जित निकालेको छ ।

बायर्न घरेलु टोली युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । युनियन बर्लिनका लासग सेराल्डो बेकरले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए ।

बर्लिनमा शनिबार राति भएको खेलको १२औं मिनेटमा सेराल्डो बेकरको गोलबाट बायर्न पछि परेको थियो । तर, बर्लिनको अग्रता तीन मिनेट पनि टिकेन । १५औं मिनेटमा योसुवा किम्मिखले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि बायर्नले घरेलु टोलविरुद्ध ७५ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । यो बराबरीसँगै बायर्न ५ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नयाँ सिजनमा बायर्नको यो दोस्रो बराबरी हो । अपराजित रहेको बायर्नले यसअघि फ्रान्कफर्ट वल्फ्सवर्ग र बोचुमलाई पराजित गर्दा बोरुसिया मोन्चेनग्लाडवाकसँग बराबरी खेलेको थियो । समान ११ अंक नै रहेपनि युनियन गोल अन्तरमा बायर्नभन्दा पछि छ । युनियन पनि अपराजित टोली हो । बर्लिनले पनि तीन जित र दुई बराबरीको नतिजा निकालेको छ ।

अर्काे खेलमा कप्तान मार्काे रिउसको गोलमा बोरुसिया डर्टमुन्डले होफेनहाइनलाई १–० ले पराजित गरेको छ । रिउसले १६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै अपराजित रहेको डर्टमुन्ड ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १२ अंक नै रहेपनि गोल अन्तरमा फ्रेइवर्ग शीर्षस्थानमा छ । पराजित होफेनहाइन ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अन्य नतिजा
लिभरकुसनविरुद्ध फ्रेइवर्ग (२–), स्टुटगार्टविरुद्ध साल्के (१–१), बोचुमविरुद्ध वेर्डर ब्रेमेन (०–), वल्फ्सवर्गविरुद्ध कोल्न (२–) र फ्रान्कफुर्टविरुद्ध आरबी लाइप्जिग (–०)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.