3 years ago
September 6, 2022
एजेन्सी – फ्रेन्च क्लब निसले प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर रोस बार्कलेलाई क्लबमा अनुबन्धन गरेको छ ।फ्रेन्च लिग वान निसले बार्कलेलाई फ्रि ट्रान्सफरमा क्लबम अनुबन्ध गरेको हो ।

इंग्लिस मिडफिल्डर बार्कलेले सहमतिमै ट्रान्सफरको डेटलाइन डेमा चेल्सी छाड्ने निर्णय गरेका थिए । बार्कलेले निसमा ११ नम्बरको जर्सी लगाउने छन् ।
२८ वर्षीय बार्कले सन् २०१८ मा एभर्टनबाट चेल्सी आएका थिए । तर, थोमस टुचेलको प्रशिक्षणमा उनले विरलै पहिलो रोजाईमा मौका पाएका छन् ।
२०१० देखि २०१८ सम्म एभर्टनमा रहेका बार्कलेले यो अवधिमा सेफिल्ड वेनस्डे र लिड्स युनाइटेडमा समान एक सिजन लोनमा बिताएका थिए । चेल्सीमा आबद्ध भएपछि बार्कलेले २०२०–२१ को सिजनमा लोनमा एस्टन भिल्लामा बिताएका थिए । त्यसपछि उनी चेल्सीमै फर्किएका थिए ।
१७ वर्षकै उमेरमा प्रिमियर लिगमा डेब्यु गरेका बार्कलेले चेल्सी, एस्टन भिल्ला र एभर्टनमा गरि कुल २ सय ३२ प्रिमियर लिगमा २९ गोल र २८ असिस्ट गरेका छन् । उनले इंग्ल्यान्डबाट २०१३ देखि २०१९ को बीचमा ३३ क्याप जित्दा ६ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]