3 years ago
September 8, 2022
एजेन्सी – खेलको इन्ज्युरी समयमा तीन गोल निस्कदा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टाेलाई २–१ ले पराजित गरेको हो ।

एट्लेटिकोको जितमा मारियो हर्माेसो र एन्टोइन ग्रिजमनले गोल गरे । पोर्टाेका मेटेअस युरिवेले एक गोल फर्काए । वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ५०औं मिनेटमा कोकीले गोल गरेपनि गोलले मान्यता नपाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । ८१औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिन पुग्यो ।
मेदी तारेमी दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिकोलाई केही सहज भयो । तर, बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर तीन गोल सम्भव हुँदा एट्लेटिको विजयी हुन सफल भयो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मारियो हर्माेसोले एन्जल कोरेआको पासमा गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए ।
इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा मेटेअस युरिवेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा एन्टोइन ग्रिजमनले एक्सले विस्टेलले गोल गर्दै एट्लेटिकोलाई २–१ को रोमाञ्चक जित दिलाए । यही समूहको अर्काे खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १–० ले पराजित गरेको छ ।
क्लब ब्रुगको जितमा एवाकर स्यालाले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस नतिजासँगै समान ३ अंक जोडेपनि गोलअन्तरमा एट्लेटिको शीर्षस्थानमा तथा क्लब ब्रुग दोस्रो स्थानमा छ ।
अंक विहीन पोर्टाे तेस्रो तथा बायर लिभरकुसन पुछारमा छ ।
नतिजा समूह ‘ए’ – आयाक्सविरुद्ध रेन्जर्स (४–०) र नेपोलीविरुद्ध लिभरपुल (१–४)
समूह ‘बी’ – एट्लेटिको म्याड्रिडविरुद्ध एफसी पोर्टाे (२–१) र क्लब ब्रुगविरुद्ध बायर लिभरकुसन (१–०)
समूह ‘सी’ – बार्सिलोनाविरुद्ध भिक्टोरिया प्लेजेन (५–१) र इन्टर मिलानविरुद्ध बायर्न म्युनिख (०–२)
समूह ‘डी’ – फ्रान्कफुर्टविरुद्ध स्पोर्टिङ लिस्वन (०–३) र टोटेनहमविरुद्ध मार्से (२–०)
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]