3 years ago
September 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग सकिएको ६ महिना भन्दा पनि लामो समयपछि विजेतासहित शीर्ष ३ टोलीको पुरस्कार रकम प्रदान गरेको छ ।

‘बी’ डिभिजनको पनि विजेतासहित शीर्ष ३ टोलीले पुरस्कार रकम प्राप्त गरेका छन् । त्यस्तै ए र बीका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदियमान खेलाडीले पनि पुरस्कार उपलब्ध गराइएको एन्फाले जनाएको छ ।
फागुनमा सम्पन्न ए डिजिभन लिगको विजेता मछिन्द्र क्लबले ७५ लाख, दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबले ५० लाख, एनआरटीलाई २५ लाख प्राप्त गरेको छ । फेयर प्ले भए वापत सातदोबाटोले २ लाख रुपैयाँ पाएको छ ।
ए डिभिजन लिगका उत्कृष्ट खेलाडी मछिन्द्रका सुनिल बलले ३ लाख, उत्कृष्ट गोलकिपर सोही क्लबका विशाल श्रेष्ठले २ लाख र उदीयमान खेलाडी दिनेश हेन्जनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको बताइएको छ । त्यस्तै म्यान अफ दी म्याचको रकम भने एन्फाले सम्बन्धित क्लबलाई उपलब्ध गराएको छ ।
त्यस्तै चैतमा सम्पन्न बी डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १५ लाख, खुमलटार युवा क्लबले १० लाख र तेस्रो भएको टोली आरसिटीले ५ लाख रुपैयाँ रुपैयाँ भुक्तानी दिएको एन्फाले जनाएको छ । बीका उत्कृष्ट खेलाडी चर्च ब्वाइजका आशिष चौधरीले १ लाख, उत्कृष्ट गोलकिपर आरसिटीका सरोज तामाङ र सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका आशिष चापागाईले समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।


November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]