default_image

2 years ago

September 9, 2022

भारतविरुद्ध सानदार जित निकाल्दै नेपाल समूह विजेता

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी साफ यू १७ च्याम्पियनसिपमा नेपालले शुक्रबार भारतविरुद्ध सानदार जित निकालेको छ । समूह विजेता र उपविजेताको टुंगो लाग्ने खेलमा उत्कृष्ट पूनरागमनका साथ नेपालले ३–१ को जित हासिल गरेको छ ।

नेपाल समूहको विजेता र भारत उप विजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ । भुटान अंक विहिन रहँदै यसअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ । १–० ले पछि परेको खेलमा नेपालले उल्टाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफमा २ गोल थपेको थियो । नेपालका लागि सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले समान १ गोल गरे ।

२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो । ४५ औं मिनेटमा सरोजले बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको चौथो मिनेटमा नै युनेशको गोलबाट नेपालले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सुवासले गोल थपेका थिए । नेपाल र भारतले दुवैले पहिलो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

यो खेलको नतिजाले समूहको विजेता उपविजेताको टुंगो लाग्नेछ । समूह बीको अर्को टोली भुटानलाई नेपालले २–१ ले र भारतले ३–० ले हराएको थियो । आजको खेलमा विजयी भएपछि नेपाल समूह विजेता बनेको हो । समूह एमा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स छन् । समूह एको उपविजेतासँग नेपालले सेमिफाइनल खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.