default_image

3 years ago

September 9, 2022

साफ च्याम्पियनसिपमा भुटानको ऐतिहासिक जित

310 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भुटानले महिला साफ च्याम्पियनसिपमा ऐतिहासिक जित निकालेको छ । सन् २०१० यता लगातार साफ च्याम्पियनसिपमा सहभागिता जनाइरहेको भुटानले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा श्रीलंकालाई ५–० ले हराउँदै भुटानले ऐतिहासिक जित निकालेको हो ।

भुटानलाई ऐतिहासिक जित दिलाउन डेखी लाजोमले २ तथा नामङ्याल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल गरे । योसँगै टोलीको सेमिफाइनल जाने सम्भावना बढेको छ ।

साफ च्याम्पियनसिपको पहिलो संस्करणमा श्रीलंकासँग १–१ को बराबरी खेल्नु नै भुटानको यसअघिको सफल नतिजा थियो । शुक्रबारको जित अघि १४ खेलमा १ बराबरी खेलेको भुटानले १३ खेलमा हार बेहोरेको थियो । १४ खेलमा भुटानले ७७ गोल खाँदा ३ गोलमात्र गर्न सकेको थियो ।

नामङ्यालको गोलबाट भुटानले पहिलो हाफमा अग्रता लिएको थियो । ४२ औं मिनेटमा पेनाल्टी बक्सको केहि बाहिर पाएको अवसरमा नामङ्यालले पहिलो बारमा गोल गरेका थिइन् । डेखीले ५० औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर बनाएकी थिइन् । पेनाल्टी बक्स भित्र गले वाङ्मोको पासमा डेखीले गोल गरेकी हुन् ।

डेखीले ६३ औं मिनेटमा पेनाल्टीमा अर्को गोल गरेकी थिइन् । आफैलाई सेलबाराज युवारानीले पेनाल्टी बक्समा फाउल हानेपछि प्राप्त पेनाल्टीमा डेखीले गोल गरेकी थिइन् । छिरिङले ८४ औं मिनेटमा टोलीका लागि चौथो गोल गरेकी थिइन् । कप्तान गलेको प्रहारलाई श्रीलंकाको गोलकिपर योहानी विरासिङ्गीले रोकेपनि रिबाउन्डमा छिरिङले खाली पोष्टमा गोल गरेकी थिइन् ।

भुटानले ८९ औं मिनेटमा छिरिङ याङदेनले गोल गरिन् । चौथो गोल गरेकी लादेनको प्रहारमा श्रीलंकाका गोलकिपरले रोकेपछि उनीबाट छुटेको बलमा याङ्देनले गोल गरेकी थिइन् । भुटानले अधिकांश समय खेलमा नियन्त्रण राखेको थियो ।

भुटानको जितसँगै समूह बीमा सेमिफाइनल पुग्ने तीनै टोलीको सम्भावना खुला रहेको छ । समूह बीको पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । श्रीलंकाले भने अर्को खेल भदौ २७ गते नेपालसँग खेल्ने छ । नेपाल र भुटानको समान ३ अंक भएको छ भने श्रीलंका अंक विहिन छ ।

समूह एमा साविक विजेता समेत रहेको भारतले र बंगलादेशले विजयी सुरुवात गरेका छन् । भारतले पाकिस्तानलाई र बंगलादेशले माल्दिभ्सलाई समान ३–० ले हराएको थियो । भारत च्याम्पियनसिपको सबै ५ संस्करणको विजेता हो । नेपालले भने ४ पटक फाइनल खेलेको छ । एक पटक बंगलादेश फाइनल पुगेको थियो ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.