2 years ago
September 15, 2022
सुशिल पन्त, चितवन
त्रिभुवन आर्मी फुटबल क्लब नारायणगढको क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमराको नव जन जागृती युवा क्लबलाई बिहीबार ३–२ हराउँनै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीको जितमा कप्तान जर्ज प्रिन्स कार्की, विमल पाण्डे र सुदील राईले गोल गरे । नव जन जागृतीका सुरेश कुमाल र अनिश चौधरीले गोल फर्काए । १६ औं मिनेटमा जर्ज प्रिन्सको गोलबाट आर्मीले अग्रता लिएको थियो । २२ औं मिनेटमा नव जन जागृती सुरेशले बराबरी गोल फर्काए । २६ औं मिनेटमा विमलले गोल गरेपछि पहिलो हाफमा आर्मीले २–१ को अग्रता लियो ।
दोस्रो हाफको सातौं मिनेटमा सुदीलले गोल गर्दै आर्मीको अग्रता लम्बाए । दोस्रो हाफको १९ औं मिनेटमा नव जन जागृतीले पेनाल्टी पायो । आर्मीका खेलाडीले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले सिमरालाई पेनाल्टी दिए । अनिशले पेनाल्टीमा गोल गरे पनि हार टार्न सकेनन् । आर्मीका जर्ज प्रिन्स म्यान अफ दि म्याच भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
फाइनल प्रवेशका लागि शुक्रबार मनाङ र एपिएफ तथा शनिबार आर्मी र एभिनर भिड्नेछन् । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकपको फाइनल असोज ३ गते हुनेछ । गोल्डकप विजेताले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
January 15, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम मंगलवार लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन। आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि शीर्षमा लिभरपुलको छ […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]