3 years ago
September 16, 2022
काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपमा दुई वटा इतिहास बनिसकेका छन् । यसै सिलसिलामा नेपाल शुक्रबार साँझ ५:३० बजे सेमिफाइनल खेल्न उत्रँदा अर्को इतिहास रच्ने सुरमा हुनेछ ।

साफको १२ वर्षे इतिहासमा भुटानले पहिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । श्रीलंकालाई ५–० ले हराएबाट पनि भुटानले फुटबलमा गरेको प्रगती बुझ्न सकिन्छ ।
समूह चरणकै अर्को खेलमा बंगलादेशले भारत माथि पहिलो पटक जित निकाल्दै इतिहास रचेको छ । जारी साफ च्याम्पियनसिपमा सबैभन्दा सशक्त देखिएको बंगलादेशले भारतलाई ३–० ले हराएको थियो । भारतले हारेको मात्र होइन निकै खराब प्रदर्शनका साथ खेल गुमाउनु परेको थियो ।
अब इतिहास रच्ने पालो नेपालको छ । तर त्यसमा नेपाली टोली सफल हुन्छ वा हुँदैन त्यसका लागि भने शुक्रबार साँझ सम्म कुर्नुपर्नेछ । भारतलाई साफ च्याम्पियनसिपमा यसअघि कसैले हराउन नसकेको अवस्थामा बंगलादेशले हरायो । घरेलु मैदानको साथ र भारतपछि बढी फाइनल खेल्ने नेपालले पनि अब जित्न नसक्ने भन्ने हुँदैन । तर, त्यसका लागि बंगलादेशले जस्तै सशक्त प्रदर्शन गर्नुपर्ने हुन्छ ।

बंगलादेशले नतिजाले मात्र होइन प्रदर्शनले पनि धेरैलाई लोभ्याएको थियो । साफमा भारतको महिला टोलीलाई हराउने बंगलादेश पहिलो टोली बनेको छ । अब नेपालले भारतलाई पहिलो पटक हराउन सक्यो भने साफ च्याम्पियनसिपमा अर्को इतिहास हुनेछ । अघिल्ला ५ मध्ये ४ संस्करणमा फाइनल खेल्दा नेपाल भारतसँग पराजित भएको थियो । फाइनल नपुगेको एकमात्र संस्करण सन् २०१६ को सेमिफाइनलमा पनि भारतसँगै पराजित भएर घर फर्केको थियो ।
साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म भारतबाहेक कुनै टोलीसँग हारेको छैन । यसपटक पनि भारतलाई हराउन नसके टोली च्याम्पियन बन्न सक्दैन । साफ च्याम्पियनसिपको इतिहासमा दोस्रो पटक नेपालले सेमिफाइनलमा भारतको सामना गर्दैछ । त्यति बेला भारतीय भूमिका सेमिफाइनलमा हारेको नेपालले यसपटक घरेलु मैदानको फाइदा उठाउँदै भारतको चुनौती पार गर्नुपर्नेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले भारतलाई अनुभवी टोली बताएका थिए । उनले सेमिफाइनलमा भारत आएपनि आफूहरुको खेलको रणनीति र शैलीमा भने कुनै परिवर्तन नहुने बताएका थिए । थापासँगको अर्को संयोगमा भनेको उनले पछिल्लो पटक साफ च्याम्पियसिपमा नेपाली टोली भारतसँग सेमिफाइनलमै पराजित भएको थियो । थापा यसपटक त्यो छविलाई बदल्न प्रयासमा हुनेछन् ।

बंगलादेशसँग अप्रत्यासित हार बेहोरेको भारतका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाईं पनि हुनेछ । लगातारको च्याम्पियन कुनै पनि मुल्यमा नेपालसँग हार नखानका लागि प्रयासरत रहनेछ । बंगलादेशसँगको खेल उनीहरुका लागि खतराको संकेत हो । टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले बंगलादेशसँगको हारमा आफ्नो टोलीको खराब प्रदर्शन मानेका थिए । नेपाल भारतपछिको बलियो टोलीको रुपमा जानिन्छ । बंगलादेशसँगै प्रदर्शन दोहाराएको अवस्थामा नेपालले पनि भारतलाई जित्ने सम्भावना रहन्छ ।
प्रशिक्षक क्षेत्रीले घरेलु समर्थकबीच नेपालविरुद्ध खेल्न कठिन हुने बताउँछन् । ‘नेपालसँगको खेल सधैं कठिन हुने गर्दछ । अझ नेपालमै आएर खेल्न थप गाह्रो हुन्छ किनभने समर्थक पनि साथमा हुन्छन् । हामीले यसअघि विराटनगर पनि खेलेका थियौं । काठमाडौंमा अझ धेरै समर्थक हुनेछन्, उनले भनेका थिए, तर हामीसँग पुरानो अनुभव छ । नेपाललाई नेपालमै हराएका खेलाडी पनि टोलीमा छन् । अब हाम्रो ध्यान अब सेमिफाइनलमा हुनेछ ।’

उपाधिका लागि एक कदम अघि बढ्न र भारतविरुद्ध ऐतिहासिक जित दर्ता गराउने दुवै अवसर नेपालसँग हुनेछ । त्यसका लागि कस्तो प्रदर्शन गर्नेछ त्यो नेपाली समर्थकको चासोको विषय हुनेछ ।
साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको नतिजा
वर्ष नेपाल भारत खेल
२०१०, ०-१ फाइनल
२०१२, १-३ फाइनल
२०१४, ०-६ फाइनल
२०१६, १-३ सेमिफाइनल
२०१९, ०-३ फाइनल
२०२२ ? ? सेमिफाइनल
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]