default_image

9 years ago

December 22, 2016

बिमल र अनिल सम्मिलित पश्चिमाञ्चल पराजित

196 views

0 Bookmark

सातौं राष्ट्रिय खेलकुद

विराटनगर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी सम्मिलित पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमै पराजित भएको छ । राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ र युवा स्ट्राइकर बिमल घर्तिमगर सम्मिलित पश्चिमाञ्चललाई मध्यमाञ्चलले २–१ ले हरायो ।

7-bimal

बिमल घर्तिमगर (फाइल तस्बिर)

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘क’ को उद्घाटन खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चललाई २–१ ले हरायो । पुलिसका लागि सुमन लामा र बुद्ध लामाले गोल गरे पूर्वाञ्चलका लागि दीपक राईले गोल फर्काए । पहिलो हाफको १९ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए भने ३१ औं मिनेटमा बुद्धले दोस्रो गोल गरे । दोस्रो हाफको २४ औं मिनेटमा पुर्वाञ्चलका दिपकले फ्रि किकबाट गोल गरेका थिए ।

unnamed

मध्यमाञ्चलका लागि निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले गोल गरे । दोस्रो हाफको १९ औं मिनेटमा निरबहादुरले मध्यमाञ्चलका लागि खाता खोले भने ३२ औं मिनेटमा रुमेशले गोलअन्तर दोब्बर पारे । ३९ औं मिनेटमा करिब ३० यार्डको दूरीबाट आकर्षक गोल गर्दै श्याम बाबुले मध्यमाञ्चलको जित अन्तर फराकिलो बनाए ।

शुक्रबार समूह ‘ख’ अन्तर्गत पहिलो खेल एपिएफ र मध्यपश्चिमाञ्चल तथा अर्को खेल आर्मी र सुदूरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबल जस्तै पुरुष फुटबल पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.