3 years ago
September 18, 2022
सुबास हुमागाईं, काठमाडौं
बंगलादेशले सन् २०१० मा घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपको पहिलो संस्करण आयोजना गर्दा सविना खातुन मात्र १६ वर्षकी थिइन् । कलिलो उमेरमै राष्ट्रिय टोलीको आक्रमण सम्हाल्ने जिम्मेवारी पाएकी उनी हाल राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छिन् । नेपालमा जारी साफ च्याम्पियनसिपमा आक्रामक मिडफिल्डरको जिम्मेवारी निर्वाह गरिरहेकी उनले ८ गोल गरिसकेकी छिन् ।

सविनाले सन् २०१० मा भएको साफ महिला च्याम्पियनसिपको पहिलो संस्करणको पहिलो खेलमै आफ्नो स्तर हजारौं दर्शकमाझ प्रस्तुत गरेकी थिइन् । कक्स बजारको भरिभराउ रंगशालामा श्रीलंकाविरुद्ध मैदानको मध्यभागबाट एकल प्रयासमा तीन डिफेन्डर बिट गर्दै उनले दर्शनीय गोल गरेकी थिइन् । सन् २०१० कै दक्षिण एसियाली खेलकुदमा पहिलो गोल गरेकी उनले त्यसयता राष्ट्रिय टोलीबाट ३१ गोल गरिसकेकी छिन् ।
काठमाडौंको दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको ४ खेलमा उनले ८ गोल गरेकी छिन् । २८ वर्षीय सविनाले पहिलो खेलमा माल्दिभ्सविरुद्ध २ गोल तथा पाकिस्तानविरुद्ध ह्याट्रिकसहित १ असिस्ट प्रदान गरिन् । भारतविरुद्ध ऐतिहासिक जितमा एक असिस्ट प्रदान गरेकी उनले मिडफिल्डमा डटेर खेलेकी थिइन् । भुटानविरुद्ध सेमिफाइनलमा उनले प्रतियोगिताको दोस्रो ह्याट्रिक पूरा गर्दै सर्वाधिक गोलकर्ता सूचीमा दोब्बर अग्रता लिइन् ।

सविनाले करिअरको सुरुवात मुख्य फरवार्डको भूमिकामा गरेकी थिइन् । तर पछिल्लो समय बंगलादेशको युवा टोलीमा राम्रो फरवार्ड उत्पादन भएपछि उनले सिनियर टोलीमा आक्रामक मिडफिल्डरको जिम्मेवारी पाएकी छिन् । उनको आक्रमण सेन्स उत्कृष्ट भएकाले पनि टोलीलाई निकै फाइदा पुगेको छ । सविना आफैं प्रशिक्षक गोलाम रोब्बानी छोटोनले दिएको जिम्मेवारी अनुसार खेल्ने गरेको बताउँछिन् ।
‘म टोलीले दिएको जिम्मेवारीमा खेल्छु । प्रशिक्षक छोटोनले मेरो लागि जे सुझाव दिनुहुन्छ त्यसमा म खुसी छु । सुरुवातमा फरवार्ड खेल्थें, तर अहिले टोलीमा यो पोजिसनमा ठिक छु । गोल पनि निस्केको छ, टोली पनि जितेको छ । निकै खुसी छु,’ कप्तान खातुनले भनिन् ।

सविना सन् २०१० देखि सुरु भएको महिला साफ च्याम्पियनसिपको सबै संस्करण खेल्ने एकमात्र खेलाडी हुन् । बंगलादेशको पुरानो पुस्ता र नयाँ पुस्ता जोड्ने कडी बनेकी उनी अहिलेको टोली निकै राम्रो रहेको बताउँछिन् । ‘हाम्रो टोली युवा खेलाडीले भरिएको छ । धेरै खेलाडी एकसाथ खेलेर यहाँसम्म आएका छन् । हामीले निकै मिहिनेत गरेका थियौं । इतिहास रच्ने लक्ष्य लिएका थियौं र फाइनल पुगेका छौं । एक आपसमा राम्रो समझदारी भएकाले मलाई पनि भिज्न सहज भएको छ,’ उनले भनिन् ।
साफ च्याम्पियनसिपमा इतिहास रच्ने लक्ष्य राखेकी सविना र बंगलादेश टोलीले सोमबार फाइनलमा नेपालको सामना गर्दैछ । दुवै टोली पहिलो पटक साफ उपाधि जित्ने लक्ष्यमा हुनेछन् । नेपालको घरेलु समर्थकमाझ बंगलादेशले हालसम्म जित्न सकेको छैन । फाइनलमा यो इतिहास बदल्ने चुनौती उनीसामु हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]