default_image

3 years ago

September 18, 2022

साफ च्याम्पियनसिपको फाइनल साँझ ५ बजे सुरु हुने

346 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५:०० बजे सुरु हुनेछ । फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई पहिलो पटक फाइनल एक अर्काको सामना गर्दैछन् ।

भदौ २१ गते देखि सञ्चालन भएको च्याम्पियनसिपमा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता थियो । समूह एमा ४ र समूह बीमा ३ टोली थिए । दुई खेल भएको दिन दिउँसो १:०० बजे र साँझ ५:३० बजे सुरु गरिएको थियो । दिनमा एक मात्र खेल पनि साँझ ५:३० मै सुरु गरिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनलमा लागि पनि समूह चरण र सेमिफाइनलकै टिकट दर यथावत राखिएको छ । एन्फाले भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर तय गरेको थियो । फाइनलमा टिकट मुल्य बढाउने छलफल भएपनि यथावत राख्नेमा सहमति जुटेको बताइएको छ । यसअघिका कतिपय प्रतियोगिताको फाइनलमा टिकट दर बढाइएको थियो ।

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहासमा पहिलो पटक भारत विनाको फाइनल हुँदैछ । भारतसँग अघिल्ला ५ संस्करणका फाइनलमा ४ पटक नेपाल र एक पटक बंगलादेशले प्रतिस्पर्धा गरेको थियो । पाँचै पटक भारत च्याम्पियन बनेको थियो । यसपटक नेपाल र बंगलादेशमध्ये जुन टोली विजयी भएपनि नयाँ च्याम्पियन हुनेछ ।

प्रतियोगितामा नेपाल र बंगलादेश दुई टोली अपराजित छन् । यी दुई टोलीले उच्च प्रदर्शन गरिरहेका छन् । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक भारतलाई हराउन सफल भएका छन् । समूह चरणमा बंगलादेशले भारतलाई ३–० ले हराएको थियो । नेपालले भारतलाई सेमिफाइनलमा १–० ले निराश पारेको थियो ।

समूह चरणमा नेपालले भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो । अर्कोतर्फ भारतलाई हराउनुअघि समूह चरणमा माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएको थियो । सेमिफाइनलमा बंगलादेशले भुटानको चुनौतीलाई ८–० ले हराएको थियो । सन् २०१० मा सुरु भएको च्याम्पियनसिपको चौथो संस्करणमा बंगलादेशले भारतसँग फाइनल खेलेको थियो । बाँकी सबै संस्करणमा नेपाललाई हराउँदै भारतले हराउँदै च्याम्पियन बनेको थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.