default_image

3 years ago

September 19, 2022

नेपाल र बंगलादेशबीचको फाइनल संयोग

235 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

पुरुष फुटबलमा नेपाल र बंगलादेशको थुप्रै संयोग छन् । दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) मा सिनियर टोलीले खेल्दा नेपाल र बंगलादेश दुवै समान दुई पटक च्याम्पियन बनिसकेका टोली हुन् । दुई टोलीले अन्तिम पटक उपाधि जित्दा एकअर्काको भूमिमा जितेका थिए ।

साफमा नेपालले पछिल्लो पटक उपाधि जितेको सन् १९९३ को छैटौं संस्करण हो। आठौं संस्करणको उपाधि बंगलादेशले नेपालमा जितेको थियो। सागको छैटौंमा नेपाल र आठौंमा बंगलादेशको सिनियर टोलीले जितेको ती नै अन्तिम उपाधि हुन् ।

नवौं (सन् २००४) संस्करणबाट यू २३ टोलीले सागमा प्रतिस्पर्धा गर्दै आएका छन्। यू २३ ले साग खेलेयता नेपाल १२ औं र १३ औं संस्करणको च्याम्पियन बन्यो । अहिले दक्षिण एसियाली स्तरीय प्रतियोगितामा पुरुष सिनियर टोलीले खेल्ने एकमात्र प्रतियोगिता साफ च्याम्पियनसिप मात्रै हो । महिलातर्फ भने साग र साफ च्याम्पियनसिप दुवैमा सिनियर टोलीले खेल्ने प्रतियोगिता हुन् ।

दशरथ रंगशालामा सोमबार हुने महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देशका महिला टोलीले फाइनलमा पहिलो पटक एक अर्काको सामना गर्दैछन् । तर, समग्रतामा हेर्ने हो भने दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच तेस्रो पटक फाइनल हुँदैछ ।

नेपाल र बंगलादेशका पुरुष टोलीले दशरथ रंगशालामा यसअघि दुईपटक फाइनल खेल्दा एउटामा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो । सन् १९९४ को सागको पहिलो संस्करणमा नेपालले उपाधि घरमै राखेको थियो । सन् १९९९ मा सागको आठौं संस्करणमा भने घरेलु टोलीलाई निराश पार्दै बंगलादेश च्याम्पियन बनेको थियो । पहिलो सागको फाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको थियो । आठौं सागमा नेपाल बंगलादेशसँग १–० ले निराश भएको थियो । त्यति बेला टोलीका महत्त्वपूर्ण सदस्य मध्येका एक कुमार थापा अहिले महिला टोलीको मुख्य प्रशिक्षक छन् ।

नेपाल र बंगलादेशबीच फुटबल फाइनलमा महिनाको पनि संयोग जुरेको छ । तीन वटै फाइनल असोजमै परका छन् । पहिलो सागको फाइनल २०४१ साल असोज ७ गते, आठौं सागको फाइनल २०५६ असोज १७ र यसपटक असोज ३ गते फाइनल परेको छ । पछिल्लो ३८ वर्षमा दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच नै चौथो पटक फाइनल हुँदैछ ।

यसअघि पुरुष सिनियर टोलीले तीन पटक खेलिसकेका छन् भने महिला टोली पहिलो पटक खेल्दैछन् । पुरुषतर्फ पहिलो साग, आठौं साग पनि नेपाल र बंगलादेशबीच नै भएको थियो । २०७७ चैतमा नेपाल र बंगलादेशबीच नै थ्री नेसन्स कपको फाइनल भएको थियो । त्यसमा नेपाल २–१ ले विजयी भएको थियो । यद्दपी त्यो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता भने थिएन ।

महिला एएफसी यू १४ च्याम्पियनसिपको फाइनल नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा तय थियो । तर २०७२ वैशाख १२ को विनाशकारी भूकम्पका कारण त्यो फाइनल हुन सकेन । सोही वर्ष नेपाली सेनाको लगनखेलस्थित मैदानमा भएको फाइनलमा बंगलादेशले नेपाललाई १–० ले हराएको थियो । त्यति बेला टोलीमा रहेका बंगलादेशका ८ खेलाडी र प्रशिक्षण टोली अहिले साफ च्याम्पियनसिपको टोलीमा छन् ।

पुरुष फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको ३८ वर्षपछि सोही दशरथ रंगशालामा महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर पाएको छ । अब त्यसमा कति खरो उत्रन्छ त्यसका लागि सोमबार साँझ सम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको फाइनल

२०४१ साल असोज ७ गते

पहिलो दक्षिण एसियाली महासंघिय खेलकुद (नेपाल ४–२ बंगलादेश)

२०५६ असोज १७ गते

आठौं दक्षिण एसियाली महासंघिय खेलकुद ( नेपाल ०– १ बंगलादेश )

२०७९ असोज ३ गते
महिला साफ च्याम्पियनसिप (नेपाल ? बंगलादेश ?)

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.