default_image

2 years ago

September 19, 2022

अनिताको गोलसँगै नेपाल खेलमा फर्कियो

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियसिप अन्तर्गत फाइनलमा नेपालले दोस्रो हाफमा खेलमा फर्कने संकेत देखाएको छ । पहिलो हाफमा २-० को अग्रतामा रहेको बंगलादेशविरुद्ध अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् ।

खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले बचाइन् ।

बंगलादेशले खेलको दशौं मिनेटमा नै खेलाडी परिवर्तन गर्यो । पछिल्लो खेलमा चोट बोकेपनि सुरुवात गरेकी मोसमत सोप्नाको स्थानमा साम्सुनाहार मैदान प्रवेश गरिन् । मैदान छिरेको ३ मिनेटमै साम्सुनाहारले गोल गरिन् । उनले मोनिका चक्माको क्रसलाई पहिलो टचमै पोस्टको दिशा दिइन् । गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको टाउको माथिबाट बल गोल भएको थियो ।

२२ औं मिनेटमा प्रिती राईको पासमा सरु लिम्बुले गरेको प्रहार डिफेन्डरले ब्लक गर्दै गोलरक्षकसम्म पुग्न दिइनन् । खेलको ३६ औं मिनेटमा अनिता बस्नेतको फ्रिकिकलाई गोलरक्षक रुपनाले डाइभ दिँदै उत्कृष्ट बचाउ गरिन् । त्यसपछि प्राप्त कर्नरमा नेपालले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । गोलरक्षक बिट भइसकेको अवस्थामा गोललाइन अघि बंगलादेशका डिफेन्डरले तेस्रो प्रयासमा बल क्लियर गरिन् ।

४१ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोसेपछि कप्तान सविना खातुनले कृष्णारानीलाई थ्रु पास दिइन् । कृष्णाले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनमा एन्जिलालाई बचाउने कुनै अवसर दिइनन् ।

दोस्रो हाफमा नेपालले विंगर अनिता केसीको स्थानमा सावित्रा भण्डारीलाई मैदान पठाएको थियो । ४७ औं मिनेटमा अमृता जैशीको हेडरलाई गोलरक्षक रुपनाले मुस्किलले बचाइन् । ५२ औं मिनेटमा नेपालले खेलमा फर्कने सुवर्ण अवसर खेर फाल्यो । अनिता बस्नेतको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेकी रश्मीकुमारी घिसिङले हेडरलाई पोस्टको दिशा दिन सकिनन् ।

६८ औं मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर र गोलरक्षकको बीचबाट गरेको प्रहारमा रुपनाले उत्कृष्ट बचाउ गरिन् । ७० औं मिनेटमा नेपाल खेलमा फर्कियो । अनिता बस्नेतले अअमिशा कार्कीको पासमा गोल गर्दै स्कोर २-१ बनाइन् ।

७४ औं मिनेटमा अनिता बस्नेतको कर्नरमा सावित्राको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.